काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता मनीष झाले सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेपाली कांग्रेस नै पछि हटेको दाबी गरेका छन् ।
शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले कांग्रेसका नेताहरूले एकपछि अर्को सर्त राखेर सहमतिको प्रक्रिया गिजोलेको उहाँको आरोप थियो ।
‘हामीलाई बोल्न दिनुहोस् । जहाँ प्रश्न उठेको छ । त्यहीँ जवाफ दिन्छौं भनेका छौं । ३ वटा सहकारीको नाम उल्लेख गर्न चाहिरहनुभएको छ । त्यो समस्या होइन समस्या भएका सबैमा गरौं न भन्ने हो’, झाको भनाइ थियो ।
उहाँले कांग्रेससँग लिखिति माग लिएर आउन आग्रह समेत गर्नुभयो । व्यक्तिपिच्छेका मागहरु सम्बोधन गर्न नसकिने बताउँदै उहाँले कांग्रेसको आधिकारीक लेटरहेडमा मागहरु समावेश गरेर ल्याउन अनुरोध गर्नुभयो ।
उहाँले कांग्रेसले दोहोरो चरित्र देखाएको भन्दै निकासका लागि कांग्रेसकै नेताहरूलाई सोध्न सुझाव दिँदै भन्नुभयो, ‘के हो भनेर ती व्यक्तिहरूलाई सोध्नुस् जसले फरकफरक समयमा फरक फरक सर्त राख्नुभएको छ । कांग्रेसजस्तो दोहोरो चरित्र देखाएका छैनौं । कसैको नाम तोकेर समाचार आयो भन्दैमा समिति बनाउने हो ? उहाँहरूको मन्त्रीको पनि नाम आएको थियो त ।’
उहाँले भप्नुभयो, ‘समितिको लागि तयार छैनौं भन्ने हामीमाथि आरोप छ । हाम्रो तर्फबाट स्वर्णिम वाग्ले र सहमहामन्त्री जीवन परियार हिजो दिनभर टीओआर बनाइरहनुभएको थियो । टीओआर लिएर पार्टीमा छलफल गरेर आउँछु भनेर जानुभयो तर टीओआर बर्खास्त गरेर उहाँहरूले एकल रूपमा तिमीहरूले संसदीय मर्यादाविपरीतका शब्द राखेर स्वीकार्नुपर्छ भनेर पठाउनुभयो । कसरी भन्नु हुन्छ हामी समितिको लागि तयार छैनौं भनेर ? संसदीय समितिका लागि तयार छैन भनेर टीओआर त बनेको हो नि ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच