![सर्लाहीमा राष्ट्रिय क्योकुसिन–कान कराँते प्रतियोगिता हुने](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/sarlahi-katate.jpg)
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बैंकर्स एसोसिएसनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएसन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती सर्वसम्मत निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा प्रभु बंैकका शाखा प्रमुख गणेशबहादुर पछाई, सचिवमा ज्योति विकास बैंकका शाखा प्रमुख नारायण विश्वकर्मा, कोषाध्यक्षमा वेष्ट फाइनान्सका शाखा प्रमुख विष्णु श्रेष्ठ रहेका छन् ।
सदस्यमा सिद्धार्थ बैंकका शाखा प्रमुख कमल पौडेल, रक्षक भण्डारी (कामना सेवा), संगम जिसी (ग्लोबल आइएमई), हिरामणि पराजुली (गरिमा विकास), टुल्कप्रसाद काफ्ले (प्राइम बैंक), रामचन्द्र कडरिया (एनआइएमबी) र मनोज ज्ञवाली (सिटिजन्स बैंक) रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष भारतीले कार्य अनुभवको आदानप्रदानले बैंकिङ क्षेत्रमा देखिएका समस्या समाधानमा सहजीकरण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैंकिङ क्षेत्रमा राम्रो अनुभव संगालेका साथीहरूको कार्यानुभवले बर्दघाट क्षेत्रको बंैकिङ व्यवस्थित र थप मर्यादित बनाउन सकिन्छ ।’ बर्दघाट नगर क्षेत्रमा २३ भन्दा बढी कमर्सियल बैंक र विकास बैंकले शाखा खोली कारोबार गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच