काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबारको संसद् बैठकमा आफूलाई सुरुमा र अन्तिममा पनि बोल्न नदिइएको जनाएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्र बोल्न दिने तर प्रतिपक्षलाई सुरुमा र अन्तिममा पनि बोल्न नदिने अडान लिएको उसको आरोप छ ।
गृहमन्त्री लामिछाने बोलेर सकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेका थिए। बोल्न पाउनुपर्ने उनीहरूको माग थियो।
तर सभामुख देवराज घिमिरेले आज शुन्य समयलगायत कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराउनु भएको थियो ।
सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने हुनु भएको छ ।
संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी ७ः३० बजे पत्रकार सम्मेलन राख्नुभएको छ ।
गृहमन्त्री लामिछाने बोलिसकेपछि सभामुख घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताउनु भएको थियो । उहाँले आजको बैठक यत्तिकै स्थगित गर्नु भएको थियो रअर्को बैठक जेठ ७ गते बस्ने जनाउ दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच