![लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Laliguras-Sahakari-sastha-sanchalak-pakrau.jpg)
काठमाडाैं । आज मे २१ तारिक विश्व ध्यान दिवस । त्यसो त वुद्ध जयन्तीको अवसर पारेर १९९५ साल देखि नै मे २१ को दिनलाई अनाैपचारिक रुपमा विश्व ध्यान दिवस मनाउन थालिएको छ । तर यसलाइ औपचारिक रूपमा नै विश्वभरी मनाउनु पर्छ । जसको लागि नेपालले संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गरोस् भनेर ओशो तपोवनका संस्थापक स्वामी अरुण आनन्दले विगत ५ वर्ष देखि नेपाल सरकारलाई झकझकाई रहनु भएकाे छ ।
विगत ५ वर्षदेखि जुनसुकै पार्टीका प्राधान मन्त्रीहरु आए पनि वहाले पहिला नेपाल भरी विश्वध्यान दिवश मनाउन औपचारीक धोषणा गरोस । त्यस पछि संयुतm राष्ट संघमा सरकारले प्रस्ताव राखोस भन्ने सुझाव दिंदै आउनु भएको छ । जसरी विश्व योग दिवस मनाउन स्वामी राम देवले प्रधानमन्त्री नगेन्द्र मोदी समक्ष सुझाव दिएका थिए ।
साेही अनुसार भारत सरकारले विश्व योग दिवसका लागि संयुक्त राष्ट्र संघमा सेप्टेम्वर २०१४ मा प्रस्ताव राखेको थियो । सो प्रस्तावलाई पारित गर्दै अहिले हरेक जुन २१ तारीकका दिन विश्व योग दिवश मनाउने चलन चलेको छ । यो दिवस मनाउन प्रस्ताव गर्ने भारत अहिले विश्वभरका मानिसको लागि योग गुरु अथाव याेग स्थल बन्न पुगेकाे छ ।
यसरी नै विश्वका शान्तीका दुत भगवान बुद्धको त्रियोग परेको दिन मे २१ तारिकलाई विश्व ध्यान दिवसको रुपमा मनाउन नेपाल सरकारले किन पहल नगर्ने ? यसका लागि स्वामी आनन्द अरुणले निरन्तर प्रयास जारी राख्नु भए पश्चात यस वर्ष नेपालको चार दिने भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनीया गुटेरेसलाई तत्कालिन गृहमन्त्री नारायण काजी श्रेष्ठले विश्व ध्यान दिवसबारे मौखिक प्रस्ताव राख्नु भएको थियो ।
लुम्बिनीकाे समेत भ्रमण गर्न भ्याउनु भएका उहाँले यो राम्रो प्रस्ताव भएकाे बताउनु भएकाे थियाे । त्यति बेला उहाँले लिखित रुपमा प्रस्ताव लिन आग्रह गर्नुभएकाे थियाे । त्यसो भए आजैदेखि राष्ट्रिय स्तरमा ध्यान दिवसको शुरुवात किन नगर्ने ? विना खर्चमा यति ठुलो इतिहास बनाउने कुरामा सरकार किन बिलम्ब गरिरहेको छ । चासोको विषय बनेकाे छ ।
ध्यान दिवशको महत्व र उत्पति
आज भन्दा २५६८ वषै अधि वैशाख पूर्णिमाको दिन सिद्धार्थ गौतमको लुम्बिनीकाे वनमा जन्म भएको थियो । बैशाख पूर्णिमा कै दिन निरन्जना नदीको तटमा ३५ वर्षको उमेरमा वोधगयाको वोधिवृक्ष मुनी निर्वाण प्राप्त गरेका थिए । बैशाख पूर्णिमाकै दिन कुशीनगरमा दुई साल वृक्ष मुनी ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको थियो । यी तिनै घटना बैशाख पूर्णिमाकै दिन भएको थियो । त्यसैले बुद्ध पुर्णिमा एक त्रियोग पनि हो । त्यसैले विश्वलाई वैज्ञानिक ध्यान र ज्ञान सिकाएर जानु हुने नेपालका सपुत गौतम बुद्धको जन्म दिनलाई किन विश्व ध्यान दिवसको रुपमा नमनाउने भन्ने विषयमा यो लेख केन्द्रित छ ।
हिमालको काखमा रहेको नेपाल परापूर्वककालदेखि नै विश्वभरीका ध्यानी योगी तपस्वी साधकहरुको लागि रोजाईको स्थल हो । योग र ध्यानको उत्पती हिमाली क्षेत्रमा भएको हो । यसलाई सर्वप्रथम वैज्ञानिकरुप दिने व्यक्ति भगवान्र शिव हुनुहुन्छ । शिव हिमाली भेगमा बस्नुहुन्थ्याे । उहाँको पहिलो चेला भनेर सप्त ऋषिहरूलाई मानिन्छ । योगलाई व्यवस्थीत गरी वैज्ञानिक रुप दिने ऋषिहरू पनि हिमाली क्षेत्र कै कस्मीरमा जन्मेका पतञ्जली हुनुहुन्थ्याे । यसरी सधै जैविक विविधताले भरिपूर्ण रहेको नेपालमा साधना गर्नेहरुले नै विश्व भाईचार, वन्धुत्व शान्ती र विश्वहितकारी उपनिषद् दर्शनको उत्पति गरेका थिए । यसै गरी २५६३ मा बुद्धको जन्म भएपछि त नेपाल संसारकै ध्यान,ज्ञान योगको लागि प्रसिद्ध बन्दै गएको छ ।
तर माल पाएर चाल नपाए पछि...
यदि हामीले बुद्ध जन्मेको दिनलाई ध्यान दिवसको रुपमा मनाउन सक्यौ भने यो बुद्ध प्रतिको ठूलाे सम्मान र हाम्रो जीवन परिवर्तनकाे दिशामा ठुलो फड्को हुनेछ । यसले नेपालको एक अध्यात्मिक पहिचान र गरिमालाई विश्वभरी स्थापित गर्ने छ । नेपालमा धार्मिक तथा अध्यात्मिक पर्यटनको विकास हुने ठूलाे सम्भावना छ । विश्वमा ५१ वटा यस्ता देश छन् जसले आफ्नो जनसंख्या भन्दा बढि पर्यटन भित्र्याउछन् ।३० वटा देशले आफनो जनसंख्या भन्दा आधा पर्यटन भित्रयाउछन । तर नेपालमा ठूलाे प्राकृतिक सास्कृतिक धार्मिक अध्यात्मिक सम्पदाहरू हुँदै पनि सबै भन्दा कम पर्यटक भित्र्याउने १४ औं स्थानमा पर्दछ ।
नेपालले पनि दिर्घकालिन योजना बनाइ वार्षिक १ करोड पर्यटक भित्र्याउने संकल्प लिन जरुरी छ । यसको लागि विश्व ध्यान दिवस, बुद्ध जन्मस्थली लुम्बिनी र विश्वको उच्च शिखर सगरमाथाले धेरै महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यसका लागि विश्व ध्यान दिवसलाई यसै वर्षदेखि सरकारले राष्ट्रिय स्तरमा मनाउने घाेषणा गर्नुपर्छ ।
दोश्रो चरणमा सरकारले संयुक्त राष्ट्र संघमा प्रस्ताव पेश गर्ने । सबै शिक्षण संस्था तथा तालिम केन्द्रहरुमा योग र ध्यानलाईइ पाठ्यक्रममा नै समावेश गर्न सकिन्छ । अहिलेसम्म ज्यालादारी मजदुरहरुलाई मात्र बैदेशिक रोजगारमा पठाइरहेका छौं भने अब देश मै रहेका ध्यानी साधक हरुलाई अझ बढि प्रशिक्षण दिएर योग, साधना प्रशिक्षकको रुपमा पनि पठाउन सक्छौ । यस दिशामा ढिलै भएपनि वर्तमान सरकारको ध्यानाकर्षण भएको छ । जसको परिणाम स्वरुप यस वर्षको नीति तथा कार्यक्रममा ध्यान, साधनालाई प्राथमिकताको साथ राखिएको छ ।
ध्यान केहो ? यसले. के के फाईदा पुग्न सक्छ ?
ध्यान भनेको के हो ? वास्तवमा यो प्राय धेरैको मनमा उब्जने प्रश्न हो । धेरैले ध्यानलाई आखा चिम्लीएर बस्ने प्रकृयालाई मात्र सम्झिएका हुन्छन्। तर यसको बारेमा २१ औं शताब्दीका महान अध्यात्मिक दार्शनिक रजनिस ओशोले ध्यान कुनै गम्भीर अप्ठ्यारो काम नभएर हामीले आमाको गर्भदेखि नै गर्दै आएको काम हो तर हामी जति ठूलाे हुँदै जान्छौ त्यति ध्यान हराउँदै र बिर्सदै मात्र गएका हुन्छौ ।
त्यसलाई फेरी पुनस्मरण गराउने कृया नै ध्यान हो । ओशोका अनुसार हामी सबैभन्दा ठुलो ध्यानी आमाको गर्भमा रहन्दा हुन्छौ । त्यस अवस्थामा खान पिउन दिशा पिशाव केहि गर्न पर्दैन । कसैसँग हास्न र बाेल्न पनि पर्दैन । एक्लो बाचेका हुन्छाैं ,त्यो अवस्थामा हामी ज्यादै अध्यात्मिक र स्वर्गिक आनन्दमा रहेका हुन्छौ । तर जसो जसो हामी बाहिर निस्कन्छौ त्यो ध्यान, आनन्द भंग भएर रोएका हुन्छौ । त्यस पछि पनि बाल्यकालमा गरेको हरेक काम ध्यानपूर्वक हुन्छन।
खेल्यो भने अरु कसैको पर्वाह नगरी खेल प्रति मात्र ध्यान दिएर खेलि रहन्छन । खाना खादा पनि ध्यान दिए खान्छन । जे काम पनि एकोहोरो भएर गर्दछ । एकै क्षणमा रुन्छन एकै क्षणमा हास्छन ।बाल बालिकालाई हिजो र भाेलिकाे चिन्ता कहिल्यै हुँदैन, त्यसैले सधै खुसी रहन्छ । एक अर्थमा भन्दा बालबालिका सधै बर्तमानमा बाचेका हुन्छन् । हो बर्तमानमा बाच्नु नै ध्यान हो भन्नु हुन्छ सन्त कविरदास । उहाँको कथन नै छ हसिवा खेलिवा करीवा ध्यानम अर्थात हास्दै खेल्दै गरीने कामलाई नै ध्यान भनिन्छ ।
ध्यानको महत्व र फाईदा
आज विश्वमा शान्ती र ध्यानको जति आवश्यकता छ त्यति कहिल्यै भएको थिएन । आज संसारमा वैज्ञानिक आविष्कार र भौतिक सुविधाहरुले मानिसहरु जति सम्पन्न हुँदैछन् त्यति नै अशान्ती र आनन्दभाव गुमाउँदै गएका छन् । आफुले विकास गरेको विज्ञानले आज विध्वसं गर्ने दिशा तर्फ लम्कीरहेको छ । आज मानिसलाई भौतिक सुविधाले सुखि बनाउनुको सट्टा झन् तनाव,विषाद,अनिदोपन,डिप्रेसन र युद्ध झैझगडाको किनारमा पुर्याएको छ । आज शारीरिक भन्दा पनि मानसिक रोग जटिल बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययन अनुसार संसारमा प्रत्येक ४० सेकेण्ड एक जनाले आत्माहत्या गर्दछन ।
त्यसैले आज बुद्धको सन्देश र ध्यानका मार्गहरु झन धेरै सान्दर्भिक भएका छन । ध्यानले कुनै पनि विषयवस्तुमा केन्द्रीत हुने क्षमता प्रदान गर्दछ । तनाव चिन्तालाई कम गर्छ । मनमा स्पष्ट सोच्ने ,मनन गर्ने पृष्टभुमी तयार गर्छ र भावनात्मक बेचैनीलाई नियन्त्रण गर्दछ । उच्च रक्तचाप,मधुमेह,कोलस्टेरोल लाई कम गर्छ । कुलत तथा आफैलाई हानी गर्ने व्यवहारबाट मुक्त गरी जीवनमा श्रृजनात्मकता प्रदान गरी सधै प्रफुल्लरहने ,व्यवसायिक दक्षता अभिवृद्धि गर्ने कार्यक्षमता बढाउने गर्दछ । जीवनमा आनन्द ,प्रेम शान्तीको प्रादुर्भाव गराउँछ । आफूले आफैलाई बुझ्ने क्षमता बढाउँछ र जीवन जगतसँग वसुदेव कुटुम्बकमको सम्न्धलाई बढाउदै मानिसलाई आध्यात्मको एक उच्चतम शिखरमा पुर्याउन ध्यानले मदत गर्दछ ।
-आनन्द श्रेष्ठ
(लेखक नेपाल सरकारको तर्फबाट चीन को विशेष प्रशासनिक क्षेत्र मकाउको पर्यटन प्रवद्धक हुनुहुन्छ। )
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच