२८ खेलाडी बन्द प्रशिक्षणमा डाकिए

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युइएफए असिष्ट यु-१७ महिला च्याम्पियनसिप २०२३ का लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बंगलादेशमा आयोजना हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती रानामगरले शुक्रबार २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गर्नुभएको हो । यु-१७ टोलीका लागि एन्फाले पाँच दिनसम्म एन्फा कम्प्लेक्समै खुला छनोट गरेको थियो ।

नेपाली प्रारम्भिक टोलीको गोलकिपरमा सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली) र करुणा बुढाथोकी (बारा), डिफेन्डरमा अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लीला चन्द (कैलाली), अञ्जना पुनमगर (दाङ), प्रेना डोल्मा लामा (सर्लाली), दीपा मगर (उदयपुर), सिमरन राई (झापा), रेणु लिम्बू चाबेगु (झापा) हुनुहुन्छ ।

यस्तै मिडफिल्डरमा रूपा लिम्बू (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकल्पकुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) र पुनम चेम्जोङ (पाँचथर) र फरवार्डमा सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली) र कविता गुरुङ (रौतहट) हुनुहुन्छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले युइएफए असिष्ट कार्यक्रमअन्तर्गत हुन लागेको च्याम्पियनसिप मार्च २० देखि ३१ सम्म बंगलादेशको ढाकामा हुँदैछ । भगवतीकै प्रशिक्षणमा नेपालको यु–१५ महिला टोलीले बंगलादेशमा भएको साफ यु-१५ च्याम्पियनसिपको ऐतिहासिक उपाधि जितेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?