पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पक्राउ गरी अनुसन्धान गर्न राप्रपाको माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाउनु भयो ।

देशमा दुईवटा कानुन नरहेको भन्दै उहाँले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गर्नुभयो ।
पूर्वप्रधानमन्त्री ठालुहरुलाई सीआइबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरे सडकमा आन्दोलन हुने उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?