बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय बढीको आवेदन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सय बढीले रोजगारीको लागि आवेदन दिएका छन् ।

इन्टरनेशनल लेवर अर्गनाईजेशनको सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न दुई दिने रोजगार मेला (जब फेयर) मा ५ सय ५० जना बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वल प्रसाद कसजूले बताउनु भयो ।

मेलामा आउने अधिकांस कलेज पढ्ने विद्यार्थी छन् । त्यस बाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, बैदेशिक रोजगारीबाट फर्किएकालगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताउनु भयो ।

मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा तीन करिव ३ सय जनालाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरुबाट उद्योग प्रतिष्ठानहरुमा आवश्यक जनशक्तिअनुसार प्रारम्भिक छनौट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुले बताएका छन् ।

रोगारीको अवसर खोजेर मेलामा आएकाहरुले आफ्नो क्षमता र चाहनाअनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाईने उनीहरुले बताएका छन् ।

मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरुका लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएको भन्दै प्रशंसा गर्नुभयो । मेलाको मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नु भएको थियो ।

नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले वाहिरबाट कामदार ल्याउनु पर्ने वाध्यता रहेकोले यस बिचको तारतम्य मिलाउनको लागि रोजगार मेलागरिएको इन्टरनेशनल लेवर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?