![तेक्वान्दो छोरीहरुलाई बढी सिकाउनुपर्छ : अध्यक्ष नेपाल](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/Madhavkumar-Nepal.jpg)
खोटाङ । खोटाङको दिक्तेलमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ-हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव-२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।
सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएको छ ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार १११, ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ नगद रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँहरूलाई जनही २२ हजार २२२ रुपैयाँ प्रदान गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेस प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेस प्रदेशलाई ११ हजार १११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते सुरु भएको महोत्सव अन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभयो । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं सांगीतिककर्मी दिक्तेल बजारमा भेला भएका थिए । रासस ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच