![कथासंग्रह ‘लाइ-सी’को परिचर्चा](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/lai-C.jpg)
काठमाडौं । रिलायन्स शैक्षिक प्रतिष्ठानले ‘रिलायन्स घुम्ती काव्य सौरभ’ कार्यक्रम आरम्भ गरको छ । रिलायन्सको शैक्षिक प्रतिष्ठानअन्तर्गत विसं २०६६ सालमा स्थापित रिलायन्स साहित्य समाजले नववर्ष २०८१ को प्रारम्भबाट साहित्यिक गतिविधिलाई थप बढावा दिँदै जाने कार्यनीतिअनुसार ‘रिलायन्स घुम्ती काव्य सौरभ’ नामक साहित्यिक कार्यक्रम सञ्चालन गर्न थालेको हो । बिहीबार बुद्धजयन्तीको सन्दर्भ पारेर समाजले ‘रिलायन्स घुम्ती काव्य सौरभ’को पहिलो गोष्ठी बुनपा-१० कपन मिलनचोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको सभाहलमा सम्पन्न भएको छ ।
रिलायन्स शैक्षिक प्रतिष्ठानअन्तर्गतका पाँच विद्यालय तथा रिलायन्स कलेजसमेत ६ वटा शिक्षण संस्थामा कार्यरत शिक्षक, शिक्षिका, कर्मचारी वर्गलगायत रिलायन्सका सञ्चालक तथा व्यवस्थापकहरूको समूहभित्र त्रैमासिकरूपमा हरेक स्कुल तथा कलेजमा पालैपालो साहित्य गोष्ठी सञ्चालन गरी संस्थामा सेवारत सबै प्रतिभाहरू तथा साहित्यानुरागीहरूलाई साहित्य सिर्जना एवं अभिव्यक्तिका निम्ति हौसला दिँदै कृति रचना र प्रकाशनमा समेत अग्रसर गराउने समाजको उद्देश्य रहेको बताइएको छ ।
रिलायन्स साहित्य समाजले विगत १५ वर्षदेखि अनौपचारिकरूपमा साहित्यिक समूह गठन गरी हरेक वर्ष उपत्यकाव्यापी अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता (लक्ष्मी जयन्तीका सन्दर्भमा) आयोजना तथा बृहत् कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । यस वर्षबाट समाजको गतिविधिलाई वार्षिक कार्यक्रममा मात्र सीमित नराखी त्रैमासिकरूपमा रिलायन्स शैक्षिक प्रतिष्ठानभित्र आन्तरिक घुम्ती काव्य सौरभ कार्यक्रम सञ्चालन गर्ने कार्य योजना बनाई बिहीबारबाट कार्यान्वयनमा ल्याएको हो ।
बिहीबार सम्पन्न रिलायन्स घुम्ती काव्य सौरभ कार्यक्रममा रिलायन्स शैक्षिक प्रतिष्ठानमा सबै स्कुल तथा कलेजबाट सयजनाको संख्यामा साहित्यानुरागी स्रष्टा एवं दर्शक श्रोताको उपस्थिति थियो । कार्यक्रमको सभापतित्व विद्यालयका सञ्चालक एवं संस्थापक प्रिन्सिपल खेमलाल भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा वरिष्ठ पत्रकार, मानव अधिकारकर्मी एवं प्राध्यापक पुरुषोत्तम दाहाल रहनुभएको थियो ।
रिलायन्स इन्टरनेसनल एकेडेमीका इसिए को-अर्डिनेटर तथा काउन्सिलर श्रीधरप्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य समाजका अध्यक्ष एवं रिलायन्स संस्कृति विभागका प्रमुख दामोदर निरौलाले राख्नुभएको थियो भने क्रमशः रिलायन्सका सञ्चालक अध्यक्ष एवं कलेज प्रिन्सिपल रविन्द्रजंग थापा, प्रमुख अतिथि पुरुषोत्तम दाहाल, वरिष्ठ सञ्चालक राजुकुमार शिवाकोटीले मन्तव्य राख्नुभएको थियो । सबै स्कुल कलेजको प्रतिनिधित्व गर्दै करिब १६/१७ जना कविहरूले कविता, कथालगायतका रचना वाचन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच