![‘स्टिलजन्य सामग्रीमा कालोबजारी’](https://ehimalayatimes.com/wp-content/uploads/2023/04/Nirman-babasai.jpg)
काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका-१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, सिभिल इन्जिनियर माधवकुमार भट्ट, असिस्टेन्ट सवइन्जिनियर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, समितिको भूपू अध्यक्ष सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
मुद्दा चलाइएका व्यक्तिउपर विद्यालय व्यवस्थापन समितिसँग मिलेमतो गरी, निर्धारित मापदण्ड र शर्त विपरीत निर्माण कार्य गरी गराई इस्टिमेटअनुसार काम नै नभएको योजनामा काम गरेभन्दा आठ लाख ५१ हजार ३९२ रुपैयाँ ६९ पैसा बढी रकम भुक्तानी गरेको आरोप छ ।
‘आफूलाई गैरकानूनी लाभ र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिएपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को खण्ड ग र ङ बमोजिमको कसुरको मागदाबी लिइएको हो’, घिमिरेले भन्नुभयो, ‘कसुरका आधारमा फरक–फरक मागदाबी लिइएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच