![ओम हस्पिटलमा नयाँ नेतृत्व](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/om-hospital.jpg)
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना कार्ड बाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने भएको छ । योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
आगामी तीन महिनासम्म सञ्चालनमा हुने योजनामा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा सात सय ५० रुपैयाँसम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले दराजसँगको सहकार्यमा आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष योजनाहरू सार्वजनिक गर्दै आएको छ । यसअघि पनि तीन महिना सञ्चालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः सञ्चालन गरिएको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच