राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहाको सिफारीसको आधार माग्यो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति कार्यालयले ३४ जनालाई माफी मिनाहाको सिफारिसको आधार माग गरेको छ । कार्यालयले सिफारीसको आधार र व्यक्तीगत विवरण माग गर्दै गृहमन्त्रालयमा पत्र पठाएको हो । यससअघि गृह मन्त्रालयले ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेर राष्ट्रपति कार्यालय पठाएको थियो ।

कानुनी छिद्रको प्रयोग गर्दै गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएर पक्राउ नपरेका व्यक्तिलाई गृहले माफी मिनाहाका लागि सिफारीस गरेको थियो । संविधान दिवसको अवसर पारेर ३४ जनालाई माफी दिनेगरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेस भएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार ५ दिन अघि उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको थियो । तीमध्ये अधिकांश ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन् ।

सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?