सोल । उत्तर कोरियाले फेरि बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरिया तथा जापानले क्षेप्यास्त्र प्रहारको पुष्टि गरेका हुन् । ‘उत्तर कोरियाले बुधबार बिहान पूर्वी सागरतर्फ एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,’ दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफद्वारा जारी विज्ञप्तिमा भनिएको छ । त्यस्तै, जापानको तटीय सुरक्षा गार्डले पनि उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र ब्यालेस्टिक भएको जनाएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले ‘देशको परमाणु हतियार द्रुत गतिमा’ बढाउने प्रतिबद्धता जनाएको एक साता नबित्दै उत्तरले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो । क्षेप्यास्त्र परीक्षण र परमाणु हतियारका कारण संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्धहरू लगाउँदै आएका छ । कोरियाली द्वीपमा दक्षिण कोरिया र अमेरिकाले हरेक वर्ष गर्ने संयुक्त सैन्य अभ्यासले आफ्नो देशको सुरक्षामा खतर उत्पन्न भएको भन्दै किमले हतियार परीक्षणलाई तीव्रता दिंँदै आउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच