✍️ कलानिधि दाहाल
पहिले निकै लामा घण्टा बिताएको हनुमान ढोकाको कस्टडी जीवन मेरा लागि अनौठो थिएन । लामो समय दिन, महिना, वर्ष नै कस्टडीदेखि जेलसम्म बस्न पाए, कुनै सुनौलो त्यो अवसर मिले म आफूलाई निकै धन्य ठान्ने थिएँ भन्ने कुरा मेरा मनमा कता-कता खेलिरहेका थिए । घरदेखि धेरै बाहिरका मान्छेसँग पनि मैले यी कुरा गरिसकेको थिएँ । जोकर जोक गरिरहन्छ भन्थे उनीहरू ।
अज्ञातबाट अनायास जन्मेका विचारमा, सोचमा त्यति असत्यता नरहँदो रहेछ । परम्परादेखि मनोविज्ञानसम्मले पनि पुष्टि गरिसकेका यी कुरा मैले व्यवहारबाटै स्पष्ट भएको पाउँदा निकै सुखद् क्षणको अनुभव अनुभूत गरेँ । कस्ता स्वभावका मान्छेलाई ? जसमा सांसारिक आशक्ति लग्भग शून्यमाझरेको छ । कुर्सीमोहले जन्मजात जसका आँतमा शैशवावस्थासम्म पनि ग्रहण गर्न सकेन वा सकेको छैन । जसका दृष्टिमा अपराधका मात्रा खुट्याउनु पर्दा अर्को र आफन्तका बीच कुनै भिन्नता रहँदैन । जसका हृदयले खराब आफन्तको पूजा कहिल्यै गर्न चाहेन र असल अर्काको प्रशंसामा कञ्जुस्याइँ कहिल्यै गरेन, खोजेन र गर्दैन पनि उसको अन्तस्करणमा हठात जन्मेको विचारले आकार ग्रहण गर्दोरहेछ, गर्छ नै ।
साधु चोर हुनु अनौठो अपवाद हो, चोर साधु हुनु पनि पौराणिक काल्पनिक कथाको रत्नाकर वाल्मीकि बनेका बाहेक अरू सुनिँदैनन्, देखिँदैनन् । जहाँ सरकारका ठेकेदार नै भ्रष्टका पूजारी छन् त्यस परिवेशमा सहकारी असल पनि छन् भनेर झुक्किनुभयो भने आफैँले आफैँमाथि गरेको अन्याय हुनेछ ।
सहकारीमात्र कारण हो, माध्यम हो स्वरूप ग्रहण गर्ने, गराउने । यसको अर्थ सहकारी असल छन् नेपालमा ? किमार्थ नसोच्नोस्, भन्न खोजेको पनि होइन । यसभित्र पसेर लामो समय सहकारी डिभिजनका नायकदेखि अदालती न्यायाधीशसम्मका अन्तर मनोदशाका रेसाहरूसँग म राम्ररी घुलमिल भइसकेको छु । सहकारी सञ्चालकका दरिद्र मानसिकतादेखि बाहिर प्रचलित असल रूपमा सञ्चालन गर्ने भनेर कहलिएका सञ्चालकका नसामा बग्ने रगतका थोपाका अंशसम्म छामेको छु । सहकारी संस्था सहायकदेखि सुरक्षाकर्मीका सास फेराइका गतिसम्म मैले भन्नै नपर्ने गरी बुझेको छु । यो तीतो सत्य भनिरहँदा आफैँ आत्मश्लाघामा फसिरहेको अनुभव पनि गर्दै छु । अहङ्कार दरो भएर उभिएको पनि सम्झिरहेको छु ।
आफ्नै एकखाले प्रशंसा पनि झल्केको देखिरहेको छु जुन असल मान्छेका गुण होइनन्, हुँदैनन् । यति गरेर नै म एउटा वाक्यार्थको निचोडमा पुगेको छु-सहकारी भन्नु नै क्यान्सर रोगका किटाणु हुन् नेपालको सन्दर्भमा । असल कुनै पनि छैनन् । अपवादमा होलान् भन्न पनि मचाहिँ सक्दिन । अपराधका ठेकेदारमात्र हुन् । म घमण्डी नै हौँ बरू तर यस क्षेत्रका आकर्षक र चाप्लुसपूर्ण दरिद्र सञ्चालकका आवाजमा लट्ठिएर अबको पुस्ता आत्महत्या गर्नबाट बच्यो भने यी आततायीबाट अदृश्य रूपमा साठी प्रतिशतको मिटरब्याजी मारबाट बच्यो भने म त्यसलाई जिन्दगीको सबभन्दा ठूलो उपहार सम्झने छु र फेरि पनि त्यही वाक्य दोहोर्याउँछु-कुनै पनि सहकारी असल छैनन्, असल भए सहकारी हुनै सक्दैनन् । कुनै पनि सहकारी सञ्चालक मान्छे छैनन्, नेपाली असल मान्छे सहकारी सञ्चालक हुनै सक्र्दैनन् ।
साधु चोर हुनु अनौठो अपवाद हो, चोर साधु हुनु पनि पौराणिक काल्पनिक कथाको रत्नाकर वाल्मीकि बनेकाबाहेक अरू सुनिँदैनन्, देखिँदैनन् । जहाँ सरकारका ठेकेदार नै भ्रष्टका पुजारी छन्, न्यायालयका काला कोट अपराधका जङ्गल छन्, विद्यालय विश्वविद्यालयका डाक्टरसावहरू टेपरेकर्डस्का गगल्स् छन् त्यस भूखण्डमा, त्यस परिधिमा, त्यस परिवेशमा सहकारी असल पनि छन् भनेर झुक्किनु भयो भने आफैँले आफैँमाथि गरेको अन्याय हुनेछ ।
फेरि हनुमान ढोका छिर्नोस्, सुविधाजनक किसिमले अभियुक्तलाई राख्ने हो भने बढीमा पचासको सङ्ख्या काफी छ तर छन् तीनसयभन्दा बढीका सङ्ख्यामा । एउटा चर्पी त्यो कस्तो होला ? आफैँ अनुमान गर्नोस् । बेलुकीको समय । सिँढीदेखि बराम लागेर त्यही सानो खाली ठाउँमा एकाध घण्टा मान्छेमाथि मान्छे लामबद्ध हुनुपर्ने । केही प्रशिक्षणका आवाजहरू अदृश्य माथिल्लो तलाको माइकबाट ओर्लन्छन् । सामान्य उपदेशका कुराहरू, अपराध गर्नु पाप हो का कुराहरू, गरेमा यिनै र यस्तै सजाय भोग्नुपर्छ भन्ने कुराहरू । ठीक छ अनजान अपराध गर्नेका लागि यस्ता उपदेशले केही काम गर्लान्, गर्छन् नै पनि । जानाजान अपराध गर्नेका लागि यी कुराको के औचित्य ?
बयानका क्रममा माथि एकान्त कोठामा एक्लै वकिलका साथ रहँदा भएभरका सहकारी सञ्चालकका अपराध जस्ताका त्यस्तै आत्मा खोलेर छताछुल्ल बनाइदिएँ । सुन्नेमात्र लेखिँदो रहेनछ । लेखिने निश्चित उनीहरूका आग्रही मानसिकता पूर्वतयारी प्रश्नका उत्तरमात्र । यस कुराको जानकारी त मैले त्यस बेला पाएँ जतिखेर मलाई त्यहाँ लिएर जाने सुरक्षाकर्मी विद्यार्थी रहेछन्-सिद्घिगणेश विद्यालय लगायत कलेजसम्मका । त्यहाँ धेरै कुराहरू-अन्तर रहस्यका, गोपनीयताका पनि खुले । हामीले त्यहाँ जतिसुकै यथार्थका कुरा गरे पनि उनीहरूका निर्धारित सीमाका फेहरिस्तमात्र अदालत पुग्ने रहेछन् ।
त्यसै कोठामा भएका कुराकानीका सन्दर्भले साहित्यलेखनको चर्चा पनि ल्याएको थियो । कृतिसमेत मागिएकाले स्वास्नी कल्पनामार्फत केही कृतिहरू त्यसै दिन त्यहाँ पुगेर वितरित भएका थिए उपहारस्वरूप । लामो समय औपचारिक बिदा परिरहेकाले म अदालत पुग्नबाट वञ्चित नै भइरहनु परेको थियो । यसै नियतको न्यायालयभित्र दैनिकी तिनै रहे । त्यही साँघुरो ट्वाइलेट, त्यही एउटा धारो, त्यही लाम, त्यही जुलुस । न कलमको अनुमति छ, न कागजमा लेख्नको छुट । त्यसदिन साँझपख अनौठो समयको आगमन । अलिकति आश्चर्यको । अलिकति आफू हिँड्दै गरेका यात्राको प्रसारित पुरस्कार ।
साहित्यलेखन अनुत्पादक ठान्ने यमराजहरूले शासन गरेको यस भूपरिवेश कस्टडीमा यही साहित्यको कखराभित्र घुलेको बिचरो अभियुक्त कले आँखाको नानी र निगरानीको निकै पर सुदूर आसनमा बसेको पाउँदा सङ्कटको आड, यमराज छल्ने सुदर्शन, कुरुक्षेत्रको विजेता गाण्डिवको अनुहार म साहित्यमा देख्न लागेँ नछेकिने गरी ।
जम्मै जम्मा भयौँ त्यही साँघुरो खोँचमा । उभिने ठाउँका अभावले कुनै सिँढी खाली छैनन् भ¥याङ्का । मौन हुनु त नचाहेर पनि त्यहाँको बाध्यता नै हो-स्वतः मौन ! माथि तीन तलाबाट आवाज आयो मेरो नाम लिएर । माइकबाट आवाज मात्र तल झर्छ । अनुहार देखिँदैन मान्छेको । फलानोजस्तो राम्रो कवि त्यहाँ हुनुहुन्छ । उहाँबाट कविता सुन्ने आज । म चकित भएँ । मेरो सम्झना सही रहेछ भने उनी इन्स्पेक्टर टङ्क भट्टराई हुन् झापाका । पछि निकै लामो समय उनकै कार्यकक्षमा कुराकानी पनि भएका थिए । उनलाई मैले त्यहीँबाट ठूलो स्वरमा भनेँ-अहिले मैले मेरा कविता सुनाएँ भने तपाईं पदमुक्त त हुनुहुन्छ नै मलाई पनि यो प्रशासनले कडा जेल सजाय सुनाउँने छ ।
म देश मान्दिन, तपाईंले आश्रयस्थल मानेका संस्थालाई म कन्टेनरको संज्ञा दिन्छु । तपाईंले शिर र मुटु ठानेको देशलाई म दुई-चारजना चतुर तर चोरचण्डाल, भ्रष्ट, मानवता बिक्री गर्ने नेताहरूको मागी खाने तपेस ठान्छु । तपाईंकै अहिलेको यो घर, घर नभएर टुकुचाको दुर्गन्धे किनार ठान्छु । यस्तै कविता भनेँ भने मलाई त आपत्ति छैन तर तपाईंको जागिर जाला भन्ने डरले आफू कविता नभन्ने अठोट सुनाएँ । उनी मौन रहे । सायद भन् भन्ने आशय थियो होला उनको तर उनलाई नै अप्ठ्यारो पर्ने काम गर्नु मेरो नैतिक विवेकले नदिने भएकाले अर्का अलि देशभक्त, ईश्वरभक्त कविका भक्तिभावका तर कवित्वचेत पनि भएका कविको नाम सिफारिश गरेँ । उनैले कविता वाचन पनि गरे । मैले ताली पड्काएँ ।
साहित्यलेखन अनुत्पादक ठान्ने यमराजहरूले शासन गरेको यस भूपरिवेश कस्टडीमा यही साहित्यको कखराभित्र घुलेको बिचरो अभियुक्त कले आँखाको नानी र निगरानीको निकै पर सुदूर आसनमा बसेको पाउँदा सङ्कटको आड, यमराज छल्ने सुदर्शन, कुरुक्षेत्रको विजेता गाण्डिवको अनुहार म साहित्यमा देख्न लागेँ नछेकिने गरी ।
म चुरोटको लती मान्छे । सामान्य हिसाबले नपाइने त्यहाँ । असामान्य गतिमा उक्लन मेरो अर्थले पुर्पुरो छाम्थ्यो । कुनै उपाय अरू थिएन । बयानका लागि अदालत उपस्थित हुन पाए र ट्वाइलेटतिर सुरक्षाकर्मीले साथ दिए सम्भावना रहन्थ्यो तर त्यो दिन विविध दृश्य ÷अदृश्य कारणले आई नपुग्दै दशौँ दिन बितेछन् । यो समय व्यतितका लागि एक जना स्याङ्जाली मित्र थिए तामबहादुर डरलाग्दो ज्यानको सगरमाथा ।
अभियोग पनि खतरनाक नै थियो-मूर्तिसम्बन्धी । खुलेर हामी गफ गथ्र्यौं । गफैगफमा म अभियुक्त बनेको सहकारीका साइदुवा हाकिमहरू त्यहीँ थिए । यसलाई यसरी ल्याएको हो, सहकारी सञ्चालक हामी अपराधीसँग यसको कुनै सम्बन्ध छैन भनिदिएको मात्र भए पनि म त्यहाँ थेचिनुनपर्ने कुरा गरेको त-हामीजस्तै सञ्चालक हो नि तपाईं पनि भन्नासाथ मेरा बत्तीसदन्ते बङ्गारा यसरी कट्कटाए यसै जेल उसै जेल भनेर न्वारानदेखिको तागतले दुवै हात के उचालिएका थिए हात त माथिको माथि नै । हेर्छु त उही तामबहादुर ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच