✍️ रामप्रसाद सापकोटा
पर्यटनमा लागेर आजसम्म मैले धेरै देशहरू घुम्ने मौका पाए । कामको सिलसिलामा होस् या रहरै रहरमा मैले विश्वका धेरै देशहरूको भ्रमण गरेको छु । युरोपका प्रायः सबै देश घुमिसकेको छु । अमेरिका, रसिया, चीन, भारत, मलेसिया, मंगोलियालगायत देशहरूको भ्रमण गरिसकेको छु । मैले जुन-जुन देशको भ्रमण गरे । ती देशहरूको केही न केही फरक विशेषताले मलाई आकर्षित बनाएको छ । कुनै देशको सांस्कृतिक पक्षबाट प्रभावित छु भने कुनै देशको राज्य सञ्चालन प्रणाली विधिबाट प्रभावित छु । कुनै देशको आतिथ्यताबाट होस् या कुनै देशको मानव निर्मित कृत्रिम आकर्षणका भौतिक संरचनाबाट म आकर्षित भएको छु । जे होस् मलाई ती देशहरू कुनै न कुनै कारणबाट अविष्मरणीय लाग्छन् ।
नेपाल र बंगलादेशबाट नजिकै रहेको भुटान उत्तरमा लेकाली हिमालयका हिमशृंखला र दक्षिणमा हराभरा मैदानहरूबाट उठेको हुनाले पनि प्राकृतिक बनोटको आधारमा उत्तिकै आकर्षक रहेछ । विश्वका सबैभन्दा अग्ला हिमालहरूमध्येको गंगखार पुनसुम हिमाल जुन भुटानको सबैभन्दा अग्लो हिमाल रहेछ । यो हिमाल हालसम्म कसैले आरोहण नगरेको सुन्दा नरमाइलो लाग्यो ।
आकर्षित लाग्छन् । तर, सबैभन्दा बढी सम्झनामा भुटान छ । भुटान भ्रमण गर्ने क्रममा त्यहाँको प्राकृतिक सुन्दरता देखेरमात्र प्रभावित भएको होइन । पर्यटकहरूलाई आकर्षित गराउने मानवनिर्मित सांस्कृतिक संरचनासँगै भुटानीहरूको आतिथ्यता संस्कारबाट ज्यादै प्रभावित छु । नेपालसँग मिल्दोजुल्दो प्राकृतिक भुवनोट, सन्तुलित हावापानी र पेशागत जीवनशैलीले मलाई पटक-पटक भुटान घुम्न प्रेरित गरिरहृयो । मैले चाहेर पनि भुटान धेरैपटक घुमेको छु । भुटान भ्रमणलाई चाहेर पनि बिर्सन सक्दिनँ । मौका मिलेसम्म अझै घुम्न इच्छुक छु । भुटान सुन्दर र शान्त छ । जताततै सफा छ । भुटान खुशी देशहरूको सूचीमा सूचीकृत छ । भुटानी जनता अनुशासित र संस्कारी छन् । भुटान जाँदा सरासर म राजधानी थिप्नु गए । त्यहाँका बासिन्दा पाहुनाको सत्कार गर्न निकै तत्पर भएर बसेको देखे । त्यहाँका होटलमा जुन मेनु राखिएको हुन्छ त्यही अनुसारको खाना भेटिन्छ । हाम्रो देशमाजस्तो मेनुमा भएनभएको खानाका नामहरू लेखिँदैन ।
दिन र पाहुनालाई खुवाउन पाउनुलाई सबैभन्दा ठूलो सौख भएको कुरा उनीहरूको व्यवहारमा झल्कन्थ्यो । भुटानीहरूको सत्कार र जीवनशैली देखेर म नतमस्तक भए । मलाई भुटान सबै कारणले मन प¥यो । सबैभन्दा बढी मलाई त्यहाँको व्यवस्था राम्रो लाग्यो । पर्यटन व्यवसायी भएकाले त्यहाँको पर्यटन नीति र पर्यटन विकासमा त्यहाँको सरकारले गरिरहेको प्रयासबारे ध्यान दिन्थे । पर्यटकहरूलाई आकर्षित गर्न भुटानीहरूको योजना गज्जब लाग्यो । भुटानमा टे«किङ गर्दा जाने बाटो र र फर्किने बाटो फरक हुँदो रहेछ । दुई टोलीले पदयात्रा गरेको अवस्थामा पनि बीचमा भेट नहुने तरिकाले टेकिङ रुटहरू बनाइएका रहेछन् । भुटान भ्रमण गर्दा धेरै कुरा सिक्ने मौका पाए । तीमध्ये खुशी हुन पैसामात्र भएर हुँदो रहेनछ । थोरै पैसाबाट धेरै सुखी र खुशी हुन सकिँदो रहेछ भन्ने कुरा सबैभन्दा नजिकबाट बुझे । थोरै पैसामा शान्तिसँग बाच्न सकिन्छ । हल्ला नगरी शान्तसँग बस्न सकिन्छ भन्ने भुटान भ्रमण गर्दा सिके ।
पूर्वी हिमालयमा अवस्थित रहेको भुटानले आफ्नो प्राचीन संस्कृति र जीवनशैलीको विराशतलाई जोगाइराखेको रहेछ । नेपाल र बंगलादेशबाट नजिकै रहेको भुटान उत्तरमा लेकाली हिमालयका हिमशृंखला र दक्षिणमा हराभरा मैदानहरूबाट उठेको हुनाले पनि प्राकृतिक बनोटको आधारमा उत्तिकै आकर्षक रहेछ । विश्वका सबैभन्दा अग्ला हिमालहरूमध्येको गंगखार पुनसुम हिमाल जुन भुटानको सबैभन्दा अग्लो हिमाल रहेछ । यो हिमाल हालसम्म कसैले आरोहण नगरेको सुन्दा नरमाइलो लाग्यो । भुटानमा जलविद्युत् र पर्यटनको क्षेत्रमा असीमित सम्भावना देखे । अग्लो पर्वतमालाले घेरिएको भुटानमा पर्यटन विकासमा भएको प्रयास देखेर प्रभावित भए । तर, जति हुनुपर्ने थियो त्यति अझै भइसकेको रहेनछ । जति भएको छ त्यो नेपालको तुलनामा धेरै थियो । त्यहाँ आर्थिक आम्दानीको मुख्य स्रोतको रूपमा पर्यटनलाई पनि प्राथमिकतामा राखिएको रहेछ । त्यहीअनुसार विकासका पूर्वाधार र संरचना बन्दैरहेछन् । प्राचीन, कला संस्कृति, भाषा, धर्म, भेषभूषा र पहिचान पनि त्यहीअनुसार संरक्षण हुँदै आएको रहेछ । भुटानको कुल जनसंख्याको लगभग आधा मानिसहरू त्यहाँको आदिवासी रहेछन् ।
जसलाई त्यहाँको स्थानीय भाषामा गांलोप भनिँदोरहेछ । तिब्बतका केही जातिसँग भुटानीहरूको निकटको सम्बन्ध हुँदोरहेछ । त्यहाँ नेपालीहरू पनि भएकाले भुटानीहरूले नेपालीहरूलाई हेर्ने दृष्टि राम्रो रहेछ । भुटान-नेपालभन्दा सानो भए पनि नेपालमा जस्तै त्यहाँ भाषा, धर्म, जातजाति, कला संस्कृति, रीतिरिवाज, चालचलन, भेषभूषामा विविधता रहेछ । भुटानको कुल जनसंख्यामध्ये २५ प्रतिशत हिन्दुधर्मालम्बी रहेछन् । प्रायः ती सबै नेपालीमूलका मानिस रहेछन् । धेरैजसो मानिसहरू ग्रामीण क्षेत्रमा बस्दा रहेछन् । उनीहरूको मुख्य आम्दानीको स्रोत कृषि रहेछ । पछिल्लो भ्रमणमा त्यहाँका गाउँबस्तीमा विस्तारै बजारीकरण भइरहेका रहेछन् । दूरदराजमा रहेका पर्यटकीय गन्तव्यहा पर्यटकहरूको चहलपहल भएको पाए । हरिया पहाडको शृंखला र नजिकै कञ्चन पानी लिएर बगेको खोलाले भुटानको सौन्दर्यलाई आकर्षित बनाएको छ । प्राचीन नमुनाका आधुनिक गुम्बा र प्राकृतिक जीवनशैलीयुक्त बस्तीले थिम्पु जाने जो कोही पर्यटकलाई सजिलै नफर्किने गरी लोभ्याउँछ । तर, पछिल्लो समय भुटान सरकारले केही हदसम्म विदेशी पर्यटकलाई प्रवेशमा नियन्त्रण गरेको रहेछ ।
भ्रमणको क्रममा त्यहाँका बासिन्दाको मुखबाट भुटानबारे धेरै कुरा जान्ने मौका पाए । सन् १८६५ मा ब्रिटेन र भुटानबीच सिनचुलु सन्धि । ब्रिटिश प्रभावबाट सन् १९०७ मा राजतन्त्रको स्थापना । १७औं शताब्दीको अन्त्यमा बौद्ध धर्मलाई अवलम्बन । सन् २००६ देखि जिग्मे सिङगे वाङचुकका छोरा जिग्मे खेसर नामग्याल वाङचुक राजाले राज्य गरेको कुरा । सन् २००८ जुलाई १८ मा भुटानमा संविधान जारी भएको कुरा भुटानीहरूकै मुखबाट सुन्ने मौका पाए । अत्यन्त खुशी लाग्यो ।
पारो ताकसाङ
अन्ततः पारो ताकसाङ घुम्ने अवसर प्राप्त भयो । इच्छुक थिए पारो ताकसाङ घुम्न । कहिले पुगौं जस्तो । कति गइहालौजस्तो । भुटान जाँदा ताकसाङ नजाने मानिसले अभागी पर्यटक हुन्छ । भ्रमणमा भाग्य चम्काउन भुटान जाने अधिकांशले पारो ताकसाङ भ्रमण गर्ने गर्छन् । रहरैरहरमा पारो भ्रमण गरे । भुटान जानुअघि पारो विमानस्थलबारे जे सुनेको थिए । त्यहाँ पुग्दा पनि सो विमानस्थललाई त्यही रूपमा पाए । ‘विश्वको सबैभन्दा कठिन व्यावसायिक विमानस्थल’को रूपमा वर्णन गरिएको पारो विमानस्थलको लम्बाइ आवश्यकभन्दा छोटो रहेछ । फलस्वरूप अवतरणका लागि अत्यन्त कठिन हुँदोरहेछ । र पनि वर्षेनी तीस हजार मानिसले भुटान जान पारो विमानस्थलको प्रयोग गर्दा रहेछन् । पारो महत्वपूर्ण र ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य हो । यो भुटानको एकमात्र अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य हो । त्यहाँ प्राचीन संरचनाका आधुनिक मठ र गुम्बा छन् ।
पारो ताकसाङ अर्थात् टाइगर नेस्टको नामले चिनिने एउटा प्रसिद्ध भुटानी मठ रहेछ । हिमालय क्षेत्रमा रहेको यो ठाउ बुद्धिष्टहरूको पवित्रस्थल तथा मन्दिर परिसर रहेछ । यो मठ भुटानको पारो उपत्यकामा स्थित पहाडको माथिल्लो टाकुरामा रहेछ । यो मठ बाघको गुफा नामले प्रख्यात रहेछ । समुद्री सतहबाट बत्तीस सय मिटर उचाइमा रहेछ ताकसाङ पुग्न पारो शहरबाट करिब २० मिनेटको यातायात दूरी पार गर्यौं । त्यसपछि करिब तीन घण्टाको हाराहारी पैदल यात्रा गरेपछि मनमोहक ताकसाङ मठ पुग्यौं ।
आजको अमेरिका त्यसै अमेरिका भएको होइन रहेछ । त्यहाँ सिस्टम छ । मानिसहरूले आफ्नो डिउटी भुल्दैनन् । कामप्रति इमानदार हुन्छन् । सबैले काम गरेनुसार भनेजति पैसा कमाउँछन् । कमाउने मात्र होइन खर्च गरेर रमाउँछन् पनि । सबैजना सिस्टममा चल्छन् ।
भुटानको पर्यटकीय, धार्मिक, सांस्कृतिक र पुरातात्विक कला बोकेको ताकसाङ ऐतिहासिक रूपमा ज्यादै महत्वपूर्ण रहेछ । त्यहाँ सत्रांै शताब्दीदेखिका बौद्ध मूर्तिहरू आजसम्म जस्ताको तस्तै सुरक्षित रूपमा राखिएका रहेछन् । ताकसाङ विशाल पहाडको छातीमा रहस्यमयी भएर रहेको थियो । त्यसलाई जति हेरे पनि इच्छा पूरा हुँदैनथ्यो । ताकसाङ हेर्न आन्तरिक एवं बाहृय पर्यटकको दिनहुँ ओइरो लागिरहन्थ्यो । वरिपरिका वनजंगल र नजिकैको झरनाले त्यहाँको वातावरणलाई स्वर्गीय आनन्दको नमुना बनाएको थियो । ताकसाङ परिसरबाट देखिने दृष्यहरूले झन् जो कोहीलाई लठ्ठ पाथ्र्यो । ताकसाङ परिसर जता हे¥यो सबैतिर प्राकृतिक सुन्दरता, शान्ति मिल्थ्यो ।
नेपालमा ४० डरल तिर्न आनाकानी गर्ने पर्यटकहरूले भुटानमा खुशी भएर दुई सय पचास डलर तिर्न तयार हुन्थे । भुटान साहसिक पर्यटनको गन्तव्य होइन । तर, भुटानको नीति अनुसार सिजनमा दैनिक दुई सय पचास र अफसिजनमा दुई सय डलरभन्दा कम खर्च गर्ने पर्यटकले भुटान प्रवेश गर्न नपाउँदा रहेछन् । तर, नेपालमा पर्यटनसम्बन्धी उपयुक्त कानुन हुँदा व्यवसायीहरू सस्तोभन्दा सस्तोमा पर्यटकसँग डिल गर्न तछाडमछाड गर्छन् । नेपाल र भुटानबीचको पर्यटन नीतिमा भएको भिन्नताले पनि हाम्रो देशमा असल नेतृत्वको कमी भएको प्रष्ट पार्छ ।
भुटानको जिडिपीको १७ प्रतिशत पर्यटन व्यवसायले ओगटेको छ । स्पष्ट पर्यटन नीतिले त्यहाँको पर्यटन उद्योग हाकिरहेको छ । तर, नेपाल अस्पष्ट पर्यटन पर्यटन नीतिमा अल्झिरहेको छ । सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनसँगै वाइल्डलाइफका लागि नेपाल विश्वमै प्रख्यात छ । तर, स्पष्ट पर्यटन नीतिको अभावमा यसको चौतर्फी फाइदा सरकारले लिन सकेको छैन । सभ्यता र सहयोगीपनमा जादु छ । हृदय छलकपटमुक्त छ । उनीहरूसँग गुम्बा, मठ र ऐतिहासिक पर्यटकीय गन्तव्यहरू प्रशस्त भएका उनीहरू सांस्कृतिक रूपमा धनी छन् । जता आँखा पुगे उतै शान्त र हरियाली देखिने भुटानबाट धेरै कुरा सिक्न सक्छौं । तर, हरेक कारणबाट पाठशाला बनेको भुटानको आकर्षणलाई हामी देखुञ्जेलमात्र सम्झन्छौ । सायद हाम्रो संस्कार, शिक्षा र रणनीति नै खोटो भएर पो हो कि ?
म अमेरिकामा करिब ६ वर्ष बसे । यो अवधिमा रहनसहन र संस्कृतिको बारेमा अलि धेरै जान्ने मौका पाए । आजको अमेरिका त्यसै अमेरिका भएको होइन रहेछ । त्यहाँ सिस्टम छ । मानिसहरूले आफ्नो डिउटी भुल्दैनन् । कामप्रति इमानदार हुन्छन् । सबैले काम गरेनुसार भनेजति पैसा कमाउँछन् । कमाउनेमात्र होइन खर्च गरेर रमाउँछन् पनि । सबैजना सिस्टममा चल्छन् । तर त्यहाँ गोराले कालालाई विश्वास नगर्ने, अभद्र व्यवहार गर्ने, घृणा गर्ने । काला जाति र गोराजातिहरू एकअर्काबीच घुलमिल हुन नसक्नेजस्ता खराब संस्कार छन् । अमेरिकनहरूमा म भन्नेमात्र भावना हुन्छ । एउटै परिवारभित्र हामी भन्ने भावना हुँदैन । म र मेरो कमाई भन्नेमात्र भावना हुन्छ । उनीहरूबाट पैसाबाहेक अरू सहयोग विरुलैमात्रामा प्राप्त गर्न सकिन्छ । तर, भुटानीहरू सबै मानिसलाई समान रूपमा हेर्ने र व्यवहार गर्ने स्वभावका हुन्छन् । नेपालीजस्तै उनीहरू पहाडी भूभागका ग्रामीण बस्तीमा आफ्नो परिवारमा मिलेर बस्छन् । हामी भन्ने भावनाबाट सुन्दर परिवार छ । सुन्दर परिवारहरू मिलेर परोपकारी समाज खडा गरिरहेका छन् ।
नेपाल र भुटानबीचको पर्यटन सम्भाव्यतामा अधिकांश समानता छ । भुटानको पर्यटन नीतिबाट सिक्न सकिने कुरामा कञ्जुस्याईं गर्न ढिला गर्नु हुँदैन । हाम्रो देशमा पर्यटनसम्बन्धी स्पष्ट नीति नहुँदा पर्यटकहरूको आगमनले देशमा आर्थिक वृद्धिमात्र भएको छैन विभिन्न विकृति भित्रिएको छ । महँगी ल्याएको छ । संस्कारहरूमा ह्रास निम्ताएको छ । मठ मन्दिरहरूमा विकृति भित्र्याएको छ । नेपालमा जति पनि पर्यटक भित्रिन्छन् तिनिहरूको भिसा ट्राभल एजेन्सीमार्फत हुनुपर्छ पर्यटकहरूको भिसा जथाभावि नभएर तोकिएको निश्चित दिनमा मात्र हुनुपर्दछ । भिसाको दैनिक फि २० डलर न्यूनतम हुनपर्दछ । पर्यटकलाई पूरै समय ट्राभल एजेन्सीमार्फत घुमाउने व्यवस्था गर्नुपर्दछ । अन्त्यमा पर्यटन व्यवसायीहरूमाथिको दोहोर कर प्रणाली कटौती गर्नुपर्छ । यसो भयो भनेमात्र नेपालभन्दा सानो भुटानको पर्यटन विकासको छेउछाउमा हामी चाडै पुग्न सक्नेछौं । अन्यथा मसँग फेरि पारो ताकसाङ पुगेर त्यहाँ घुटुक्क थुक निलेर फर्कनुको विकल्प रहने छैन ।
हाम्रो देशमा विकासको मेरुदण्ड भनेकै पर्यटन हो । पर्यटनको विकासले नै देशको अर्थतन्त्र माथि पुराउछ । हामीले थोरै मिहिनेत गर्ने हो भने पर्यटनको विकासमा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छौं । पर्यटनको माध्यमद्वारा नै देशको बेरोगारी र गरीबिको अन्त्य गर्न सकिन्छ । सशत्र द्वन्द्व र कोरोना कालजस्तो अप्ठ्यारो अवस्थामा त हामी पर्यटन व्यवसायीहरूले पर्यटक भित्र्याएर देशको अर्थतन्त्रमा टेवा पु¥यायौं भने सरकारले अझै पर्यटन नीतिमार्फत सहज वातावरण बनाइदिने हो भने झन् धेरै सम्भावना छिचोल्न सक्ने थियौ । बिन्ती सरकार हामीलाई एउटा स्पष्ट पर्यटन नीतिमात्र बनाइदेऊ । (सापकोटा वरिष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच