![सानिमालाई क्रिकेट उपाधि](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/sanima-life-woman-turnamant.jpeg)
काठमाडौं । नेसनल युथ फेस्टिभल २०२४ जेठ २६ गते हुने भएको छ । युवा विद्यार्थीमा नेतृत्व विकास, सकारात्मक मानसिकता, उद्यमशीलता प्रवद्र्धनको उद्देश्यसहित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी), वाइइडी टक्स, परिवर्तनका लागि युवा (युथ फर चेन्ज) र इन डेप्थ स्टोरी (आइडिएस) को संयुक्त आयोजनामा फेस्टिभल हुने भएको हो ।
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, बौद्ध भिक्षुणी तथा विश्व चर्चित गायिका आनी छोइङ डोल्मा, वरिष्ठ पाइलट विजय लामा, पूर्वबैंकर अनिलकेशरी शाह, उद्यमी तथा गोल्डस्टार नेपालकी कार्यकारी निर्देशक विदुषी राणालगायतको जीवनको अनुभव र भोगाइलाई समेट्दै आफ्नै देशमा अवसर निर्माण गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको एमआइटीका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न वक्ताको प्रवचनका साथै गायक स्वप्न सुमन र सुशान्त घिमिरेको ब्याण्डसहितको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने बताइएको छ । विद्यालय शिक्षाबाट उच्च शिक्षाको यात्रा सुरु गर्न नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीका लागि आयोजना हुुने कार्यक्रममा इच्छुक विद्यार्थीले सहभागिताका लागि अनलाइनमार्फत् आफ्नो नाम दर्ता गराउन सक्ने आयोजकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच