काठमाडौं । १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम आइसिसी टी–२० विश्वकपको मैदानमा उत्रदै छ । समूह डी मा रहेको नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि शुरु हुने छ ।
आइसीसीको टी–२० वरियतामा नेपाल १७औं स्थानमा छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म १२ टी२० खेल भएका छन् ।
जसमा नेदरल्याण्डसले ६ खेलमा जित हासिल गरेको छ भने नेपालले ५ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको थिएन ।
नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी(२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
जित्नका लागि खेल्छाैं : कप्तान पाैडेल
खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताउनु भएको छ ।
कप्तान पौडेलले भन्नुभयो, ‘१० वर्षमा हामीले फेरि मौका पाएका छौं। नेदरल्यान्ड्ससँग खेल्न सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छौँ। नेदरल्यान्ड्ससँग हामीले पटकपटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ।’
डालासमा नेपाली समर्थकको साथले थप ऊर्जा दिने कप्तान पौडेलको भनाइ छ। उहाँले शित र घामको अवस्थालाई हेरेर टसपछि निर्णय हुने बताउनु भएको छ। टसले जित र हारसँग सम्बन्ध नराख्ने उहाँको भनाइ छ।
उहाँले नेपालको जितले सबै समर्थक र नेपालीलाई खुशीको अनुभूति दिने भन्दै नेपालको प्रदर्शन आगामी पुस्तालाईसमेत प्रोत्साहन पुग्ने हुनुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच