घरमा आगलागी हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ स्यागेमा घर आगलागीमा परेर एकको मृत्यु भएको छ । गए राति अचानक घरमा आगलागी हुँदा ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक श्रेष्ठका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताउनुभयो । स्थानीय र प्रहरीले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि घरसमेत जलेर नष्ट भएको उहाँको भनाइ छ ।

श्रेष्ठ परिवार बेँसीसहर नगरपालिका–२ घर भई करिब ११ वर्षदेखि उक्त स्थानमा किराना र कपडा पसल सञ्चालन गर्दै आएको थियो । बाहिर फलामको खामोसहित सटर र जस्तापाताको छा

नो रहेको घरका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चारजनाको परिवार रहे पनि श्रीमान् र श्रीमती मात्रै बस्दै आएको र छोराछोरी काठमाडौँमा बस्दै आएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?