काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)ले आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्वबजेट छलफल कार्यक्रम आयोजना गरेको छ । आइतबार राजधानीमा आयोजित समृद्धिका बाटोमा पथप्रदर्शक आव २०८१/८२ विषयक छलफल कार्यक्रमबाट कार्यक्रमले सार्वजनिक, निजी तथा विभिन्न सरोकारवालबीच सरकारले प्रस्तुत गर्न गइरहेको आगामी बजेट, अर्थतन्त्रको वृद्धिमा हुने प्रभाव र समृद्धिका लागि सेतुको भूमिका खेल्दै अघि बढ्न हौसला प्रदान गरेको आयोजकले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा भएको कार्यक्रममा अर्थशास्त्री, निजी क्षेत्रका व्यावसायिक नेतृत्वकर्ता, संघका सदस्यलगायत नागरिक समाजका विभिन्न प्रतिनिधिको सहभागिता रहेको संघले जनाएको छ । सहभागीहरूले स्रोतको समानुपातिक वितरण एवं व्यावसायिक प्रवद्र्धन गरी रोजगारी सिर्जना हुने खालका नीति, कार्यक्रम र बजेटमा जोड दिएका थिए ।
अर्थमन्त्री पुनले कार्यक्रमबाट प्राप्त सुझाव सरकारको आर्थिक क्षेत्र समेट्ने खालका रहेको भन्दै आगामी बजेटमा प्राथमिकताअनुसार समावेश गर्ने आश्वासन दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच