मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ ।

यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ ।

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न सक्दैन ।

मिर्गौलामा समस्या हुँदा देखा पर्ने लक्षणहरू
वाकवाक लाग्नु, पिसाब धेरै हुनु वा धेरै कम हुनु, पिसाबमा फिँज हुनु, सधैँ थकाई लागिरहनु, खान मन नलाग्नु , पिसाबमा रगत देखिनु, छाला सुख्खा हुने तथा चिलाउने, शरीरको मासु बाउँडिनु , निद्रा नलाग्नु मिर्गौला सम्बन्धी रोगका लक्षण हुन् । यस्ता लक्षणहरू देखिएमा नजिकैको स्वास्थ्य संस्थामा मिर्गौला परीक्षण गर्नुपर्छ ।

मिर्गौलालाई कसरी सुरक्षित राख्ने
– स्वास्थ्य, ताजा र पौष्टिक खाना नियमित खाने ।
– फलफूल र सागसब्जी बढी खाने ।
– प्रतिव्यक्ति दैनिक ५ ग्राम भन्दा कम नुन खाने ।
– दैनिक तीन लिटर पानी पिउने ।
– धूमपान तथा मदिरा सेवन नगर्ने ।
– दैनिक कम्तीमा ३० मिनेट पसिना आउने गरी व्यायाम गर्ने
– चिकित्सकको सिफारिस विना औषधि सेवन नगर्ने ।
– नियमित रूपमा स्वास्थ्य जाँच गराउने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?