आज विश्व मिर्गौला दिवस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाउने गरिन्छ ।

यस वर्षका लागि ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नारा तय गरिएको छ ।

मिर्गौलाले रगतलाई सफा गरेर शरीरमा भएका फोहोरलाई फ्याँक्ने काम गर्छ । साथै मिर्गौलाले शरीरमा पानीको मात्रालाई पनि सन्तुलनमा राख्ने काम गर्छ ।

मिर्गौलाले रक्तचाप नियन्त्रण गर्नुका साथै सोडियम, पोटासियमलाई सन्तुलनमा राख्ने र भिटामिन डि र रातो रक्तकोशिका निर्माणमा मद्दत गर्छ । तर मिर्गौला सम्बन्धी रोग लागेमा मिर्गौलाले यी कामहरू गर्न सक्दैन ।

तथ्याङ्कअनुसार प्रत्येक १० जना मध्ये एक जनालाई मिर्गौला रोग लाग्ने गर्दछ । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढी रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्त्वपूर्ण उपायहरूबारे सबैलाई सचेत गराउने उद्देश्यले मिर्गौला दिवसको आयोजना हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?