जनकपुरधाम । जनता सामाजवादी पार्टी, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।
सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पु¥याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ । एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरु ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिव साढे ८ लाख बराबरको क्षति भएको बताउनु भयो । उहाँले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताउनु भयो ।
मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथी त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो । मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताउनु भयो । जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच