राजनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष हो विश्वास । विश्वास भएन भने राजनीतिमा पनि तुषारापात हुने गर्दछ । त्यसैले राजनीतिको गतिलो अस्त्र विश्वासलाई मानिएको छ । विश्वासको वातावरणमा नै राजनीतिले सफल अवतरण पाउने गर्दछ । अन्यथा राजनीति नै असफलताको अवस्थामा पुगेको हुन्छ । राजनीतिमा अविश्वासको वातावरण देखियो भने कुनै पनि राजनीतिक दलको व्यवसाय नै कमजोर हुने कुरालाई कसैले पनि नकार्न सक्दैन । नेताहरूमा राजनीति र जनताले चाहेका कामप्रति विश्वास हुनु अनिवार्य मानिन्छ ।
विश्वासविनाको राजनीति कहिले पनि सफल हुन सक्दैन । राजनीतिमा आउने विश्वासले नै नेता र जनताको सुनौलो भविष्यलाई जीवन्त बनाउन सक्ने आधार रहेका हुन्छन् । अविश्वासको राजनीतिले समाजलाई मात्र होइन समाजको व्यवस्थालाई पनि बिगारेको हुन्छ । त्यसैले राजनीति गर्ने व्यक्तिले विश्वासको वातावरण बिगार्नु हुँदैन । राजनीति नेताको विश्वासमा होइन जनताको समर्थनमा चल्नु आवश्यक मानिएको हुन्छ । यसैलाई विश्वासको राजनीति भनिन्छ । राजनीतिमा विश्वासको खडेरी परेमा राजनीति गर्ने व्यक्ति वा पार्टीको लागि समाप्तिको बाटो चुनेको हुन्छ । त्यसैले राजनीति समाजको त्यो व्यवस्था हो जसमा देशको विकासका साथै विश्वास पनि हुने गरेको हुन्छ ।
राजनीतिमा सभासद
राजनीतिको सबैभन्दा महत्वपूर्ण पाटो देशको संसद् हो । संसद्का माध्यमबाट सभासदले देशको अवस्था र भावनालाई राजनीतिका माध्यमबाट बाहिर ल्याउने गरेका हुन्छन् । त्यसैले राजनीतिमा कानुनी दृष्टिले सभासदको भूमिका महत्वले भरिएको हुन्छ । यसैलाई राजनीतिमा कानुनको राज्य मानिएको हुन्छ । सभासदको धर्म र त्यसले गर्ने कर्मलाई मनुले गजबका साथ बाहिर ल्याएका छन्
धर्मो विद्धस् त्वधर्मेण सभां यत्रोपतिष्ठते ।
शल्यं चाद्रस्य न कृतन्ति विद्धास् तत्र सभासदः ।।
अधर्मले भरिएको सभामा सभासद उपस्थित भएमा सभासद पनि अधर्मको भागी बनेको हुन्छ । सभामा सभासदको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ । सभासदका माध्यमबाट नै निर्णय लिइने हुनाले सभासदको भूमिकालाई कसैले पनि नकार्न सक्दैन । सभासद आफैँमा सबल व्यक्ति हो । उसले गरेका निर्णयले देशलाई असर पार्ने हुनाले सभासदलाई देशको जिम्मेवार व्यक्तिका रूपमा मानिएको पाइन्छ । सभासदले यदि अधर्मका माध्यमबाट आफ्नो कामलाई बाहिर ल्याउन खोज्यो भने कुनै पनि अवस्थामा देशको राजनीति नै कमजोर हुने कुरालाई बाहिर ल्याउन सकिन्छ । मनुले सभासदलाई नै राज्यव्यवस्थाको सबैभन्दा गतिलो व्यक्तिका रूपमा स्वीकार गरेका छन् ।
अधर्मले भरिएको सभामा सभासद उपस्थित नै हुनुहुँदैन । यदि उपस्थित भइयो भने पनि आफ्ना सत्य कुरालाई राख्नु अनिवार्य मानिन्छ । यदि अधर्मले भरिएको सभामा पनि अधर्मलाई प्राथमिकता दिन खोजियो भने उक्त सभासद पनि पापको भागी मानिएको हुन्छ ।
अधर्मका माध्यमबाट गरिने सभामा सभासदको भूमिका कहिले पनि गतिशील हुन सक्दैन । सभासदले सभामा सत्य कुरालाई बोल्न सक्नुपर्दछ । सत्यलाई सभामा सभासदले बोल्न सकेन भने उक्त पापको भागिदार स्वयं सभासद नै हुने कुरालाई नकार्न सकिँदैन । सभासद आफैंमा गतिलो तरिकाले सभामा प्रस्तुत हुनुपर्दछ भन्ने सन्दर्भलाई उल्लेख गर्दै भनिएको छ
सभा न वा प्रवेष्टव्यं वक्तव्यं वा समञ्जसम्
अब्रुवन् विब्रुवन् वाद्रपि नरो भवति किल्बिषी ।।
अधर्मले भरिएको सभामा सभासद उपस्थित नै हुनुहुँदैन । यदि उपस्थित भइयो भने पनि आफ्ना सत्य कुरालाई राख्नु अनिवार्य मानिन्छ । यदि अधर्मले भरिएको सभामा पनि अधर्मलाई प्राथमिकता दिन खोजियो भने उक्त सभासद पनि पापको भागी मानिएको हुन्छ । त्यसैले सभासद पनि सत्यवादी बनेर आउनु अनिवार्य मानिन्छ । राजनीतिमा सभासदलाई सत्यको पक्षमा अभिव्यक्ति दिने व्यक्तिका रूपमा मानिएको पाइन्छ । सभासदको भावनालाई बुझेर नै शासकले आफूलाई उभ्याउनु अनिवार्य मानिएको छ ।
देशको कानुन निर्माणमा सभासदको भूमिका सारै महत्त्वको रहेको हुन्छ । सभासदको भूमिकाका कारण नै देशको राजनीतिक अवस्थामा परिवर्तन र स्थिरता आउने हुनाले नै सभासदलाई महत्वका साथ हेरिएको पाइन्छ । राजनीतिमा सभासदको भूमिकालाई स्वीकार गरिएन भने राजनीतिक पण्डितको हालत पनि कमजोर हुने तथ्यलाई नकार्न सकिँदैन । सत्य बोलेर पनि सभासदको अपमान गरिएमा राजनीतिको विषयमा देखिने आधारलाई सामान्य रूपमा गतिशील मान्न सकिँदैन । रामायणमा सभासद वा तत्कालीन रावणका भाइ विभीषणले दिएको उचित सल्लाहलाई उनले मानेनन् । धर्म र नीतिमा चल्न उनले दाजुलाई आग्रह गरे तर उनी त्यो नीतिमा चलेनन् । उनको नीतिको तिरस्कार भयो । त्यसकारण उनले सभालाई मात्र होइन राज्य र दाजुको साथ छोडेर गए ।
यत्र धर्मो हृयधर्मेण सत्यं यत्राद्रनृतेन च
हन्यते प्रेक्षमाणानां हतास् तत्र सभासदः ।।
सभामा सभासदले देख्दादेख्दै अन्याय र अधर्म भएको हुन्छ र सत्यलाई असत्यले दबाइएको हुन्छ । उक्त सभामा सभासद नै मरेसमान् मानिएको हुन्छ । सभासद नै सभाको सबैभन्दा महत्त्वपूर्ण मानिएको हुनाले सभाको वा कानुन निर्माणको जिम्मेवार व्यक्ति मानिन्छ । यदि सभासदको अपमान र वा अधर्मबाट गरिने कामलाई सभासदले चुप लागेर सहृयो भने ऊ पापको भागिदार हुने गरेको हुन्छ । सभासदको भावनालाई शासकले बुझ्नु आवश्यक मानिन्छ ।
यदि सभामा सभासद नै कमजोर बनेर अन्याय र अधर्मलाई भोगेको छ भने त्यो अवस्थामा ऊ अधर्ममा सहभागी हुने व्यक्तिका रूपमा दरिएको हुन्छ । महाभारतमा धर्म कौरवपक्षमा पनि थियो । पाण्डव पक्षमा पनि धर्म थियो । पाण्डवपक्षमा धर्मले जे भन्यो त्यही निर्णय हुने गर्दथ्यो । कौरव पक्षमा शासक जे भन्न चाहन्थ्यो धर्मले त्यही मान्नुपर्ने बाध्यता थियो । त्यसैले महाभारतका महामन्त्री विदुरले उक्त कौरवको सभालाई र कौरवपक्षलाई छोडेर आफूलाई बाहिर ल्याए ।
जनताको अपमान
जनता सबैभन्दा बलशाली हुन्छन् लोकतान्त्रिक मुलुकमा । यदि जनताको अपमान गरियो भने जनताले सभासदलाई मात्र होइन राजनीतिको बाटो नै अलग बनाएर राखिदिन्छन् । संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा अठारौं लोकसभाको निर्वाचन सातौं चरणमा सम्पन्न भयो । दश वर्षमा भारतका प्रधानमन्त्रीले जसरी देशको विकास र उन्नतिलाई संसारभरि चिनाउन सफल पनि भए । उनको सफलताले भारतलाई विकासको नया उचाइमा पु¥याए त्यो संसारका सामु नै परिचित बनेको छ । उनले लड्खडाएको अर्थतन्त्रलाई विश्वको पाँचौ अर्थतन्त्रले सजिएको मुलुकमा पु¥याएको देखिन्छ । अठारौं लोकसभाको निर्वाचनमा मोदीको नेतृत्वलाई भारतीय जनताले स्वीकार गरेन । उनलाई सोह्रौं र सत्रौं लोकसभाको जस्तो बहुमत दिएनन् ।
नेपालको राजनीति सधैँ झुठको खेतीमा चलेको छ । देशलाई सुधार गर्ने र देशका आमूल परिवर्तन गर्ने उद्देश्यमा आएका व्यक्ति नै सत्ताको मोहमा फसेका कारण नेपालको राजनीतिले पनि धेरै समय अस्थिरताको अवस्था भोग्नुपर्ने देखिएको छ ।
हुन त सहयोगी दलहरूलाई साथमा लिएर नै भारतको राजनीतिमा मोदी तेस्रोपटक प्रधानमन्त्री हुने सम्भावना देखिएको छ । तर, उनको नेतृत्वलाई भारतीय जनताले पूर्णरूपमा स्वीकार गरेको देखिएन । उनले भारतीय राजनीतिलाई जुन तरिकाले गतिशील बनाए त्यो अवस्थामा मोदी गतिशील हुन सकेनन । उनलाई संसारका शक्तिशाली राष्ट्राध्यक्षले मानेका पनि छन् । संसारको राजनीतिमा उनको गतिलो छवि पनि बनेको छ तर उनलाई भारका जनताले आफ्नो बलबुतामा प्रधानमन्त्री हुने अवसर दिएनन् । उनलाई गठबन्धनको सहयोगमा प्रधानमन्त्री हुने अवसर भने मिलेको देखियो । भारतको राजनीतिमा दशवर्षपछि कसैलाई पनि भारतीय जनताले तेस्रोपटक शासक बन्ने अवसर दिएको देखिँदैन ।
भारतका पहिलो प्रधानमन्त्री जवाहारलाल नेहरु तीन पटक प्रधानमन्त्री भएका थिए । आजसम्मको इतिहासमा अर्को कुनै पनि व्यक्ति भारतको इतिहासमा तेस्रोपटक प्रधानमन्त्री बन्ने सौभाग्य कसैलाई पनि प्राप्त भएको देखिँदैन । नरेन्द्र मोदी भारतको राजनीतिक इतिहासमा तेस्रो पटक प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने दोस्रो व्यक्तिका रूपमा देखिए । राजनीतिमा इमान्दारिता र जनताप्रतिको विश्वास भएमा सफल हुन सकिन्छ भन्ने आधार उनले प्रस्तुत गरेको देखिन्छ । उनले जनताको अपमान गरेका हुन् जस्तो लाग्दैन । उनमा आएको अहङ्कारले उनलाई लत्याएको पाइन्छ । भारतको राजनीतिक इतिहासमा क्षेत्रीय पार्टीले आफूलाई पुनः बलियो रूपमा यो निर्वाचनमा उभ्याएको देखियो ।
नेपालको राजनीति सधैँ झुठको खेतीमा चलेको छ । देशलाई सुधार गर्ने र देशका आमूल परिवर्तन गर्ने उद्देश्यमा आएका व्यक्ति नै सत्ताको मोहमा फसेका कारण नेपालको राजनीतिले पनि धेरै समय अस्थिरताको अवस्था भोग्नुपर्ने देखिएको छ । समानुपातिक निर्वाचन प्रणाली खारेज नगरेसम्म नेपालको राजनीतिमा पनि बहुमत कुनै पार्टीको आउनसक्ने अवस्था देखिँदैन । नेपालको राजनीतिमा पनि जनताको अपमान धेरै भएको छ । चितवनको दुई नम्बर क्षेत्रबाट आएका उनले चितवनका जनतालाई झुक्याएका छन् । उनले देशमा आमूल परिवर्तन गर्ने उद्देश्यले चितवनका जनतासित मत मागेका थिए तर उनले चितवन दुई नम्बरका जनताप्रति न्याय गर्न सकेनन् । त्यसैले उनले पनि जनतासित असत्य बाचा गरेको प्रमाणित भएको देखियो । अब आउने निर्वाचनमा उनको अवस्था के हुने हो ? भविष्यमा देखिनेछ ।
स्वतन्त्ररूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेनले गरेको काममा काठमाडौंवासीको समर्थन देखियो । उनले गर्न खोजको नयाँसडकको पेटी विस्तारलाई भने राजनीतिक पूर्वाग्रहका आधारमा रोकिएको देखिन्छ । उक्त क्षेत्रमा पार्किङ हटाएपछि सडकपेटी बढाउने कार्य उपयोगी नै देखिएको थियो तर उक्त कार्य रोक्नुलाई राजनीतिक पूर्वाग्रह नै मानिएको देखिन्छ । उनले जेजति गरेका छन् उनको कामलाई अस्वीकार गर्ने राजनीतिक पूर्वाग्रहलाई अर्को निर्वाचनमा जनताले सचेत गराउने छन् भन्ने अवस्थालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले राजनीति गर्ने व्यक्ति वा पार्टीलाई जनताको मतको मूल्यलाई अवस्य बुझ्ने अवस्था आउँन सक्छ । जनताको अपमान भयो भने राजनीतिक स्थिरता रहँदैन भन्ने तथ्यलाई सहर्ष रूपमा स्वीकार गर्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच