जेनेभा । संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको जनाएको छ ।
राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।
विश्वव्यापी रूपमा विस्थापित जनसंख्या अहिले जापानको कुल जनसंख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसंघका शरणार्थी प्रमुख फिलिप्पो ग्राण्डीले भन्नुभयो, ‘द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।’
युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए । युएनएचसीआरका अनुसार यो संख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।
ग्रान्डीले एएफपीसँग कुरा गर्दै आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आँकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै उहाँले यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भन्नुभएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच