शीतलहर बढेपछी महोत्तरीका सात पालिकाका विद्यालय बन्द

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । बाक्लो हुस्सु र शीतलहर वढेपछी महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।

अहिलेसम्म जिल्लामा सात पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरि सात पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाको तयारी गरेका छन् ।

जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्यहाँको शिक्षा शाखाले जानकारी दियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?