ताप्लेजुङ । ताप्लेजुङमा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
गत बुधबार रातिदेखिको अविरल वर्षाका कारण फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरो गएको हो ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, आमा ५० वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी ९ वर्षीया गंगा र जमुनाको निधन भएको हो।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते हुनुभएको छ ।अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । त्यो क्षेत्रमा यातायातका साधन सञ्चालनमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच