काठमाडौं । गीतकार मधुसुदन न्यौपानेको नयाँ गीत ‘जनम जनमको साथी’ श्रोता/दर्शकमाझ आएको छ । सागर अधिकारी ‘शरद’ र रचना रिमालको स्वर, सागरकै संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज, नकुल कार्कीको रेकर्डिङ र प्रकाश खरेलको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा आफूले मन पराएको मान्छेसँग सधैँ सँगसँगै हुने चाहना व्यक्त गरिएको छ । जनम जनम सँगै हुने भाव गीतमा छ । एक जन्म होइन जन्मौँ जन्म सँगै हुने चाहना गीतमा व्यक्त गरिएको छ ।
भिडियोलाई जस्केलो क्रियशनले छायांकन र सम्पादन गरेको हो । गीतको भिडियो सागर अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच