तिहार नजिकिँएसँगै माटाका भाँडा बनाउन व्यस्त कुमाले परिवार

Read Time = 4 mins

राजविराज । तिहार (दिपावली) नजिकिँदै घर रङरोगन, सरसफाइमा अधिकांश व्यस्त भए भइरहेको बेला कञ्चनरूप नगरपालिका –२ कुमाले टोलका कुमाले परिवार माटोको भाँडा बनाउँदैमा व्यस्त छन् ।

बस्तीमा अधिकांशको घरमा कोही चक्का घुमाउँदै थिए त कोही काँचो माटोको सामग्री पकाउनका लागि आगो लगाउने तयारीमा थिए । बस्तीका आधिकांश परिवारले व्यवसायिक रुपमा आफ्नो कलामार्फत माटोको पाला (दियो) बनाउनमा व्यस्त थिए।

तिहार नजिकिए पछि कञ्चनरूप नगरपालिका –२ बरमझियामा माटोका भाडा बनाउँदै आएका कुम्हाले (पण्डित) समुदायलाई यतिखेर दिपावलीका लागि चाहिने माटाका पाला बनाउन भ्याई नभ्याई भएको छ । परम्परागत रुपमा माटोको भाडा बनाउने काम छोड्दै गएका यो समुदायलाई अहिले भ्याइ नभ्याई भएको हो ।

माटोको अभाव हुने, तिहारमा मात्रै पाला, धुपौरो लगायतको माग बढ्ने र अरु बेलामा माटोको भाडाको माग कम हुने भएपछि यो पेशाबाट बिस्थापित हुन थालेपछि माटोको भाडाको उत्पादन समेत कम भएको छ । पाला बनाउने कुम्हालेको संख्या घटेपछि पेशा अँगाल्दै आएकाहरूलाई भने पाला बनाउन भ्याइ नभ्याई भएको हो ।
कञ्चनरूप नगरपालिका –२ बरमझिया र कञ्चनरूप नगरपालिका –५ पथरीमा कुम्हाले समुदायको बसोबास रहेको छ । धार्मिक कार्यमा माटोको भाडा अनिवार्य चाहिने भएकोले यस क्षेत्रमा माटोका भाडा खपत हुने गरेको छ । अन्य समयमा माटाका भाँडाहरू फाटफुट बिक्री हुने गरेको भएपनि दिपावली र छठको समयमा भने धेरै नै बिक्री हुने गरेको छ ।
गाउँघरमा अझै माटाको भाँडाको माग घटेको छ। तर माटो नपाउने मूल समस्या छ । कञ्चनरूप नपा २ का शंकर कुम्हाले ( पण्डित)ले भने,‘ दिपावलीको लागि माटोको दियो तथा भाडा बिक्रीमा कमी आएको छैन । माग पनि बढेको छ ।
’ उहाँ भन्नुभन्नुहुन्छ,‘ पहिले मैनबत्ती र अहिले इलेक्ट्रोनिक्स दियो आएपनि माटोको दियो पूजापाठको हिसाबले पनि शुद्ध मानिन्छ, त्यसैले माग घटेको छैन । तर माटोको अभाव र उचित मूल्य नपाउँदा माटोको दियो बनाउनेमा कमी आएको छ ।’ माटोको मूल्य महँगो भएको कारण पेशालाई निरन्तरता दिन समस्या भइरहेको छ ।’
आधुनिक प्रविधिको विकास हुँदै गर्दा माटोको भाँडा बनाउनेदेखि पकाउने सबै काममा प्रविधि भित्रिँदा सजिलो भएको छ। तर माटो नै नपाउने समस्याले कुम्हाल समुदायले अँगाल्दै आएको माटाका भाँडा बनाउने पेशा छिट्टै लोप हुने चिन्ता भने उत्तिकै छ ।

यो पेसामा धेरै मेहनत र आम्दानी कम हुने भएकाले पछिल्लो पुस्ता माटोका भाँडाहरू बनाउन मन नलगाए पनि स्थानीय सरकारले कुम्हालेहरू पेशाको संरक्षण र विकास गर्न सके यस पेशाको माध्यमबाट पनि धार्मिक र वातावरण दुवैको पवित्रता र शुद्धतालाई कायम राख्न ठूलो मद्दत र भूमिका खेल्न सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?