![‘ड्रेस डिजाइन पनि एउटा कला हो’](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Sanjita-Baral-hita-barta.jpg)
नेपाली गायन नारी हस्ताक्षरमा अब्बल नाम हो देविका वन्दना । उहाँको स्वरमा रहेका कयौं गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । करिब तीन दशकदेखि नेपाली गीत-संगीतमा सक्रिय रहँदै आउनुभएकी वन्दना आफ्नै राजमार्गमा निरन्तर अघि बढिरहनुभएको छ । उहाँले नेपालीसँगसँगै नेवारी, हिन्दी, मराठीलगायत विभिन्न भाषाका गीतमा आफ्नो सुमधुर स्वर पस्कनुभएको छ । ‘यस्तै रहेछ यहाँको चलन’देखि ‘एउटा परदेशी, मन चंगा’ सम्मका लोकप्रिय र सदावहार गीतमा स्वर दिनुभएकी वन्दनाले ‘अच्छा लेकिन, भरे आउँछु सपनीमा, सुन-सुन सनम’लगायतका धेरै गीतमार्फत् कुनै समय नेपाली चलचित्रको पाश्र्व गायनमा एकछत्र राज गर्नुभएको थियो । उहाँले केही वर्षअघि ‘सपनीमा’ नामक फिल्मी गीत र ‘यस्तै रहेछ’ नामक आधुनिक गीत तथा भजन समावेश पुस्तक पनि प्रकाशनमा ल्याउनुभएको छ । उक्त पुस्तक बिक्रीबाट प्राप्त रकम उहाँले असहाय बालबालिकाका निम्ति खर्च गर्नुभयो, कोरोनाको कहरका कारण हातमुुुख जोर्न समस्या भएका धेरैलाई । कोरोनाको समयमा यसको कहरमा रहेकाहरूका लागि केही सहयोग जुटाइरहनुभएकी देवीकालाई जब आफू क्यान्सर पीडित भएको थाहा लाग्यो तब उहाँमा बज्रपात पर्यो । जस्तोसुकै समस्या आए पनि हाँसीहाँसी त्यसको समाधानतर्फ जुट्नुहुने उहाँले ‘जित्नेको हाँसो’ कृति पाठकमाझ पनि ल्याउनुभएको छ । ‘जित्नेको हाँसो’ उहाँको आत्मकथा हो । गीत संगीतको फाँटमा उत्कृष्ट स्वरकी धनी वन्दनाले क्यान्सर रोगविरुद्ध सकारात्मक सोचका साथ लड्दै भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आफ्नो आत्मबललाई कत्ति पनि कमजोर नपारिकन रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा ‘जित्नेको हाँसो’ पनि पाठकमाझ ल्याउनुभएको हो । निरन्तर गीत संगीतमा सक्रिय रहँदै आउनुभएकी सुमधुर स्वरकी धनी देविका वन्दनासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
गायनमा कहिलेदेखि हुनुहुन्छ ?
म सानैदेखि छु यो क्षेत्रमा । म सानो छँदादेखि नै गीत गाउन भनेपछि हुरुक्क हुन्थेँ । विस्तारै बढ्दै जाँदा यस क्षेत्रतर्फ हेलिँदै गएँ ।
कसरी आउनुभयो यो क्षेत्रमा ?
सानोमा सबैले तिमीले राम्रो गाउँछौ भन्ने हौसलाले नै यो क्षेत्रमा आएँ । मलाई साथीहरूले रेडियो नेपालमा ट्राई गर भनेपछि मैले त्यहाँ भ्वाइस टेष्ट दिएँ । म औपचारिक रूपमा रेडियो नेपालबाट भ्वाइस टेष्टपछि नै आएकी हुँ । रेडियो नेपालमा मलाई बुलु मुकारुङ दाइले भ्वाइस टेष्टका लागि एकदमै सहयोग गर्नुभएको थियो ।
देविका वन्दनाको स्वरमा रहेका कयौं गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । करिब तीन दशकदेखि नेपाली गीत-संगीतमा सक्रिय रहँदै आउनुभएकी वन्दना आफ्नै राजमार्गमा निरन्तर अघि बढिरहनुभएको छ । उहाँले नेपालीसँगसँगै नेवारी, हिन्दी, भोजपुरी, मैथली, मराठीलगायत विभिन्न भाषाका गीतमा आफ्नो सुमधुर स्वर पस्कनुभएको छ भने उहाँको स्वरमा धेरै भजन पनि छन् । ‘यस्तै रहेछ यहाँको चलन’देखि ‘एउटा परदेशी, मन चंगा’ सम्मका लोकप्रिय र सदावहार गीतमा स्वर दिनुभएकी वन्दनाले ‘अच्छा लेकिन, भरे आउँछु सपनीमा, सुन-सुन सनम’लगायतका धेरै गीतमार्फत् कुनै समय नेपाली चलचित्रको पाश्र्व गायनमा एकछत्र राज गर्नुभएको थियो । उहाँले केही वर्षअघि ‘सपनीमा’ नामक फिल्मी गीत र ‘यस्तै रहेछ’ नामक आधुनिक गीत तथा भजन समावेश पुस्तक पनि प्रकाशनमा ल्याउनुभएको थियो । गीत संगीतको फाँटमा उत्कृष्ट स्वरकी धनी वन्दनाले क्यान्सर रोगविरुद्ध सकारात्मक सोचका साथ लड्दै भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आफ्नो आत्मबललाई कत्ति पनि कमजोर नपारिकन रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा ‘जित्नेको हाँसो’ पनि पाठकमाझ ल्याउनुभएको छ ।
विभिन्न कार्यक्रममा व्यस्त हुनुहुन्छ नि ?
हजुर, कार्यक्रमहरूमा बोलाउनुहुन्छ जान्छु । यतिबेला नेशन गट ट्यालेन्टमा निर्णायकको भूमिका निभाइरहेकी छु । मेरो साथमा वरिष्ठ आदरणीय गायक आनन्द कार्की हुनुहुन्छ । यस्तै अन्य कार्यक्रमहरूमा पनि जाने गरेकी छु ।
देविका बन्दना को हो ?
देविका बन्दना एउटा गायिका हो । एकदम सरल स्वभावकी र सबैलाई माया गर्ने । यस्तै दर्शक/श्रोताले धेरै माया गरिदिनुभएको छ, पुलकित छु ।
चलचित्र र अन्य गीत गाउन कुन सजिलो लाग्छ ?
चलचित्रको गीत गाउँदा अलिकति कथामा डुबेर, यो गीतमा कुन नायिकाले अभिनय गर्नुहुँदैछ, कसले लिपसिङ गर्नुहुँदैछ त्यो सबै जानकारी लिएर अलिकति क्यारेक्टरमा डुबेर गाउनुपर्छ । अन्य आधुनिक, भजन, राष्ट्रिय गीत गाउँदा आफूमा नै डिपेन्ड हुन्छ । तर, चलचित्रमा गाउँदाचाहिँ बाँधिनुपर्छ । दुवै नै मलाई रमाइलो लाग्छ गाउनलाई ।
गीत संगीत र जीवनलाई कसरी परिभाषित गर्नुहुन्छ ?
संगीत भनेको सरस्वती माताको वरदान हो । संगीतलाई म पूजा गर्छु । जीवनको अभिन्न अंगका रूपमा मैले गीत संगीतलाई लिएकी छु । मेरो हकमा कुरा गर्नुहुन्छ भने गीत संगीतबिना म बाँच्न नै सक्दिन । म मर्दा पनि गीत गाउँदै मर्न पाऊँ भन्ने लाग्छ ।
यहाँलाई देविका बन्दना भनेर कुन गीतले चिनायो अर्थात् यहाँको करिअरको ‘ट्रनिङ प्वाइन्ट’ कुन गीतलाई लिनुहुन्छ ?
गीत त मैले धेरै नै गाएँ । आफ्ना सिर्जना सबै उत्कृष्ट लाग्छ नै । तर पनि देविका वन्दना भनेर चिनाउने गीतमा ‘यस्तै रहेको यहाँको चलन’लाई अत्यधिक मन पराइएको छ । आदरणीय दाइ यादव खरेलको रचना र आदरणीय शम्भुजित सरको संगीत रहेको यो गीतमा मलाई एकदमै ठूलो आशीर्वाद छ । त्यतिबेलै शम्भुजित सरले भन्नुभएको थियो, ‘यो गीत एकदमै राम्रो गाएकी छौ देविका, यो गीतले तिमीलाई एकदमै प्लस प्वाइन्ट हुन्छ, तिमीलाई यो गीतले चिनाउँछ ।’ साँच्चै त्यस्तै नै भयो । उहाँको ठूलो आशीर्वाद छ ममा । यो गीत गाइसकेपछि मैले पछाडि फर्केर हेर्नु परेन । मैले धेरैभन्दा धेरै गीतहरू चलचित्रमा, आधुनिक, भजनहरू गाएकी छु ।
यहाँले यो क्षेत्रमा लागेर नाम दामसँगै थुप्रै मान सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभयो कस्तो लाग्छ फर्केर हेर्दा ?
एकदमै खुसी लाग्छ । छिन्नलता, दक्षिण गोर्खा बाहुदेखि लिएर धेरै मान सम्मान, पुरस्कार र अवार्ड प्राप्त भएका छन् । यो माया, सद्भाव, सम्मानका लागि सबैप्रति आभारी छु । दुई सयभन्दा बढी अवार्डहरू होलान् । चलचित्रका गीतहरूबाट पनि धेरैभन्दा धेरै पुरस्कार लिएकी छु ।
सबै प्रकारका गीतमा चर्चा बटुल्न सफल यहाँको स्वरमा थुप्रै भजन पनि गुञ्जिएको पाइन्छ नि ?
सासू आमाको अनुरोधमा मैले आरती भजन गाएँ, जुन प्रज्वलित लयमा छ । यसलाई पुरुषोत्तम सापकोटाले लेख्नुभएको हो भने अशोककुमार राईको एरेञ्ज छ । यस्तै विभिन्न देवी देवताको आरती, भजन मैले गाएकी छु । जुन बेला भजन हिन्दीमा मात्र थिए त्यो बेला मेरो स्वरमा थुप्रै नेपाली भजन श्रोता/दर्शकमाझ आएका छन् । यस्तै धेरै शिरडी बाबाको भजन पनि गाएकी छु । कृष्ण, बुद्ध धेरैको भजन गाएकी छु । मेरै निर्देशनमा बुद्ध भजनको भिडियो लुम्बिनीमा धेरै दिन लगाएर छायांकन गरिएको थियो ।
अहिलेसम्म यहाँको स्वरमा कति जति गीत श्रोता/दर्शकमाझ आए होलान् ?
थुप्रै गीत गाएकी छु । झण्डै एक हजार जति गीत गाएकी छु । १६ बढी एल्बम श्रोता/दर्शकमाझ छन् । भजन, फिल्म, आधुनिक, हिन्दी, मैथली, भोजपुरी, मराठी, नेवारीसमेत गरेर एक हजारभन्दा बढी गीत गाएकी छु ।
नेपाली गीत संगीतको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
अहिलेको संगीतको कुरा गर्दा मलाई रमाइलो लाग्छ । नयाँ-नयाँ संगीतकारहरू आउनुभएको छ । राम्रो गरिरहनुभएको छ ।
राम्रा गीतभन्दा ‘झुर’ले बजार तताइरहँदा कस्तो अनुभूति हुन्छ ?
पछिल्लो समय चाँडै आउने, चाँडै नै हराउने गीतको बोलवाला भएको पाइन्छ । सामाजिक सञ्जाल पनि एकदमै धेरै छ । कुन गीत सुन्ने कुन गीत नसुन्ने भन्ने छैन । कुनै बाँचिरहने गीत पनि आइरहेका छन् । रमाइलो लाग्छ । टेक्नोलोजीको एकदमै विकास भएको छ ।
यहाँको स्वरमा रहेको पछिल्लो गीत ‘मन पगालो तम्रै मायाले’ श्रोता/दर्शकमाझ आएको छ, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हो, मेरो र गायक बाबुल गिरीको स्वर रहेको गीत ‘मन पगालो तम्रै मायाले’ श्रोता/दर्शकमाझ आएको छ । राम्रै प्रतिक्रिया आइरहेको छ । गोविन्द भट्टको शब्द, धनबहादुर गिरीको गीत एवं संगीत संयोजन रहेको छ यसमा । कविराज गहतराजको निर्देशन रहेको यो गीतको भिडियोमा दीपाश्री निरौला, यमन श्रेष्ठ, मेक्सम गौडेल र सुमन कार्कीको अभिनय छ । दुर्गा पौडेलको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको यो भिडियो देविका वन्दना युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच