![१७ दशमलव ०४ अङ्कले घट्यो नेप्से](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Share-Bazar-Share-Market-Nepse.jpg)
काठमाडौं । विगत लामो समयदेखि पक्षाघातबाट पीडित सर्लाही जिल्लाको वयलबास निवासी विजय लामाका सहपाठीहरूले उहाँलाई आर्थिक सहयोग प्रदान गरेका छन् । वयलबासस्थित श्री नारायण माध्यमिक विद्यालयमा अध्ययन गरी २०४२ सालमा एसएलसी उत्तीर्ण उहाँका सहपाठीबाट संकलित ५२ हजार रुपैयाँ आइतबार लामाकै निवासी पुगेर उहाँकी पत्नीलाई हस्तान्तरण गरिएको हो ।
लोकबहादुर कटुलवाललगायतको समूहले उक्त रकम हस्तान्तरण गरेको थियो । उपचार खर्च अभावमा हाल घरमै जीवनमरणको दोसाँधमा रहनुभएका लामालाई थप सहयोगका लागि अन्य दाताहरूलाई पनि सहपाठी समूहले आग्रह गरेको छ ।
उहाँको सहयोगार्थ रामजी कोइरालाले ग्लोबल आइएमई बैंक हेटौंडामा सञ्चालन गर्नुभएको खाता नम्बर ३०४०७०१००१२७४३ रकम जम्मा गर्न सकिने बलराम राईले जानकारी दिनुभएको छ । राईकै सक्रियतामा सहपाठी समूहले विगत केही वर्षदेखि फेसबुक ग्रुप बनाएर सहपाठी खोजी गर्ने र जोड्ने काम गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच