काठमाडौं । नेपाली उत्पादनलाई समर्थन गरौँ भन्ने नाराका साथ नेपाली आँप बजारीकरण गर्न ‘म्यांगो फेस्ट’ सुरु भएको छ । किसान भेन्चर र काठमाडौं अर्गानिक्सले संयुक्त आयोजना गरेको मेला आइतबारसम्म चल्नेछ । मेलामा सर्लाही, सप्तरी र सिरहाका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँप प्रदर्शनीमा राखिएका छन् ।
आँप मेला पानीपोखरीस्थित वालनट विस्ट्रो, काठमाडौं अग्र्यानिक, उत्पला क्याफे बौद्ध, द गार्डेन झम्सिखेलमा सञ्चालन भएको हो । उल्लेखित स्थानबाट रसायनरहित आँप र आँपबाट बनेका विभिन्न उत्पादन बिक्री गर्न सकिनेछ । मेलाबाट ग्राहकले आँप, अचार, आँपको पाउडर, डिहाइड्रेड म्यांगो, जामलगायत खरिद गर्न सक्ने आयोजकले जनाएको छ ।
मेलामा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरीलगायत आँप राखिएका छन् । आयोजकका अनुसार मेलामा बिक्री गरिने आँप प्राकृतिकरूपले पाकेको र विषादीसहित रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच