काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानलगायत विभिन्न संस्थाहरूको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने मूल नाराका साथ राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान, देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सामाजिक विकास समाज अनामनगर, लायन्स क्लब रामेछाप तामाकोशीको संयुक्त सहकार्य र रेडक्रसको सहयोगमा शनिबार रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रममा ५५ जना रक्तदाताहरूले रक्तदान गरेका थिए । सो अवसरमा रक्तदानसँगै आँखा तथा दाँतको निःशुल्को शिविर सञ्चालन गरिएको थियो । शिविरमा ५०० भन्दा बढव् सेवाग्राहीले सेवा लिएका थिए ।
रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, चर्चित कलाकार तथा विद्यार्थीको सहभागिता थियो । उक्त सहभागिताले आफूलाई यस्ता सेवा दिने कार्य गरिरहन थप हौसला मिलेको राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष, कोषाध्यक्ष र सम्पूर्ण प्रतिष्ठानका सदस्यलगायत सहकार्य गरेका विभिन्न संघसंस्थाले बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच