मुख्यसचिवबाट राजीनामा दिएका बैरागी सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल सरकारको मुख्यसचिव पदबाट राजीनामा दिएका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । बैरागीले दिएको राजीनामा स्वीकृत गरेपछि पुनः बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त गरेको हो ।

‘आज दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ,’ परराष्ट्रमन्त्री एनपी साउदले भन्नुभयो, ‘पहिलो बैठकले शंकरदास बैरागीले मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साथै दोस्रोपटक बसेको बैठकले बैरागीलाई राष्ट्रिय सुरक्षाा परिषद्को मन्त्रीस्तरीय सल्लाहकारमा नियुक्त निर्णय गरेको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?