बार्सिलोना च्याम्पियन्स लिगमा छनोट

Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति रियाल बेटिसलाई २-१ अन्तरले पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

बार्सिलोनाका लागि ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन बेटिसविरुद्ध तीन अंकको आवश्यक थियो ।

७६औँ मिनेटमा अंशु फातीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । ७९औँ मिनेटमा पूर्व खेलाडी बार्टाले बेटिसलाई खेलमा फर्काए । इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दा बार्सिलोनाले तीन अंक पक्का गर्यो ।

बार्सिलोना ३५ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको सेभिया भन्दा पाँच र चौथो स्थानको एट्लेटिको मड्रिड भन्दा आठ अंक बढी हो ।

बार्सिलोना ला लिगाको पछिल्लो १४ खेलमा अपराजित रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
इन्द्रसरोबरमा सुमो र बोलेरो ठोक्किँदा १४ जना घाइते यु–१६ राष्ट्रिय जिम्न्यास्टिक च्याम्पियनसिप शुरु सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता