थप ६२३ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षणमा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।

१ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?