म्याग्दीको मङ्गलामा जिप दुर्घटना : एक जनाको मृत्यु, सात जना घाइते

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका– २ थाईबाङबाट सदरमुकाम बेनी आउदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जीप सोमबार (आज) दिउँसो मंगला गाउँपालिका– २ काफलचौरमा दुर्घटना हुदाँ सवार एक जनाको मृत्यु भएको छ भने सवार अन्य ७ जना घाईते भएका छन्।

दुर्घटना हुदाँ सवार मंगला गाउँपालिका– १ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका सुचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाईत मंगला गापा १ की ३४ बर्षकी सन्तु केसी, १० बर्षका सिवानी केसी र ५ बर्षका छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिनुभयो ।

अन्य घाईते मंगला गापा १ का १५ बर्षकी बविना परियार, ३८ बर्षका टेकबहादुर गर्वुजा, ५० बर्षकी भमिकला नेपालीको बेनी अस्पतालमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। वडानम्वर २ की २३ बर्षकी विपना कार्कीको उपचार प्रश्चात डिचार्ज गरिएको बेनी अस्पताले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेलाई बेनी अस्पताल ल्याएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?