![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा उनीहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले र बागमती प्रदेश सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐक्यबद्धता जनाउनु भएको छ ।
केसीले सहकारी प्रकरणबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समिति सहकारी ठगलाई बचाउन बनेको बताउनुभएको भयो ।
उहाँले नागरिकले भविष्यका लागि दुःख गरेर जम्मा पारेको रकम राज्य सत्तामा बस्नेहरुबाटै लुटिएको बताउनु भयो ।
उहाँले राज्य सत्तामा बस्नेहरुले ठूलो आन्दोलन नगरी सहकारीबाट लुटिएको रकम नदिने बताउनु भयो । उहाँले नेपाली जनताको पसिना राज्य सत्तामा बस्ने र राज्यसत्ताको आडमा लुटिएको बताउनु भयो ।
उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै सहकारी ठगलाई नै राज्यको जिम्मेवार ठाउँमा राखिएको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले अहिलेका राजनीतिक दलहरुले देश र जनताको लागि केही काम गर्न नसक्ने बताउनु भयो ।
तस्वीर
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच