सुनको मूल्य घट्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन १ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन तोलाको एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?