पारसले एसियन लायन्स क्रिकेट खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा अलराउण्डर पारस खड्काले एसियन लायन्स लेजेन्ड्स क्रिकेट लिग खेल्नुहुने भएको छ । प्रतियोगिता फेब्रुअरी २७ देखि मार्च ८ सम्म कतार र ओमानमा हुनेछ । प्रतियोगितामा यसअघि दुई संस्करण सम्पन्न भइसकेको छ ।

लायन्सले लिगका लागि पारससँगै अन्य खेलाडीसँग सम्झौता गरेको हो । जसमा पाकिस्तानका विश्व चर्चित शाहिद अफ्रिदी, पारस खड्का, पाकिस्तानका मिस्बाह उल हक, मोहम्मद हफिज, शोएब अख्तर, श्रीलंकाका थिसेरा परेरा र मथैया मुरलीधरन रहनुभएको छ । प्रतियोगितमाा भारतीय पूर्वकप्तान सचिन तेन्दुलकरदेखि वेस्टइण्डिजका ब्रायन लारासम्म खेल्नुहुनेछ ।

भारतीय खेलाडीले भने इण्डियन महाराजर्स टोलीबाट खेल्नुहुनेछ । यस्तै, वल्र्ड जायन्ट्सबाट ओइन मोर्गन, शेन वाट्सनलगायतका चर्चित खेलाडीहरू खेल्दै हुनुहुन्छ ।

पारसले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसक्नुभएको छ । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो । पारसले २०१९ मा सिंगापुरविरुद्ध टी–२० आई खेलमा नेपालको पहिलो शतक प्रहार गर्दै कीर्तिमान रच्नुभएको थियो । पारसले नेपालका लागि १० ओडिआई, ३३ टी-२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टी-२० खेल्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?