काठमाडौं । बागमती प्रदेशसँग हारेसँगै प्रथम सहाना प्रधान यू-१९ भलिबल प्रतियोगिताबाट कर्णाली प्रदेशको पुरुष टिम बाहिरिएको छ । बागमती भने यो जितसँगै सेमिफाइनल प्रवेश गरेको छ । बुधबारको खेलमा बागमतीसँग ३०-२८, २५-२३ र २५-१७ ले कर्णालीले हार बेहोरेको हो । पहिलो खेलमा सुदूरपश्चिमसँग ३-१ सेटले पराजित भएको कर्णाली दोस्रो हारसहित प्रतियोगिताबाट बाहिरिएको हो । बागमतीले पहिलो खेलमा मधेश प्रदेशलाई ३-१ सेटले हराएको थियो ।
यस्तै, लुम्बिनी प्रदेश समूह विजेताका रूपमा सहाना प्रधान स्मृति यू-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार लुम्बिनीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
लुम्बिनीले खेल २५-१७ २५-२१, २५-२१ ले आफ्नो पक्षमा पार्यो । जितसँगै समूह ‘बी’को लुम्बिनीले दुई खेलमा चार अंक जोड्यो । हारका बाबजुद गण्डकी पनि समान खेलबाट तीन अंकका साथ उपविजेताका रूपमा अगाडि बढ्यो । कोशी भने बाहिरिएको छ । पहिलो खेलमा लुम्बिनी कोशीसँग ३-१ को सेटमा पराजित हुँदा गण्डकीले कोशीलाई ३-० को सेटमा पराजित गरेको थियो ।
महिलातर्फ भने सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । समूह ‘बी’ बाट गण्डकी र बागमती सेमिफाइनल प्रवेश गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच