काठमाडाैं । बलिउड अभिनेत्री दीपिका पादुकोण ३८ वर्षकी हुनुभयो । डेनमार्कको कोपेनहेगनमा जनवरी ५, १९८६ मा जन्मिएकी दीपिका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रकाश पादुकोणकी छोरी हुनुहुन्छ।
उहाँकी आमा उजाला ट्राभल एजेन्ट र कान्छी बहिनी अनिशा गल्फर हुनुहुन्छ । उहाँले सोफिया हाई स्कूल, बेंगलुरुबाट विद्यालय स्तरीय शिक्षा र माउन्ट कार्मेल कलेजबाट पूर्वविश्वविद्यालय शिक्षा पूरा गर्नुभएको हो।
यसपछि दीपिकाले बीए (समाजशास्त्र) स्नाकोत्तर गर्ने उद्देश्यले इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा भर्ना हुनुभयो, तर पढाइ बीचमै छाडेर मोडलिङमा लाग्नुभयो ।
उहाँले ८ वर्षको उमेरदेखि नै धेरै विज्ञापनमा काम गरिसक्नुभएको थियो । आफ्नो किशोरावस्थामा, उहाँले लिरिल र क्लोजअप जस्ता धेरै ब्रान्डका विज्ञापनहरू गर्नुभयो। उहाँ हिमेश रेशमियाको एल्बम ‘नाम हे तेरा’ मा पनि देखिनुभएको थियो ।
सन् २००६ मा दीपिकाले कन्नड फिल्म ‘ऐश्वर्या’ बाट पर्दामा प्रवेश गर्नु भएको थियो । यो फिल्म सफल भयो । एक वर्षपछि उहाँले शाहरुख खानसँगको फिल्म ‘ओम शान्ति ओम’बाट ठूलो ब्रेक पाउनु भएको थियो ।
ककटेल,ये जवानी है दिवानी, चेन्नई एक्ट्रेस, गोलियों की रासलीला, ह्याप्पी न्यू इयर, बाजीराव मस्तानी, जस्ता फिल्महरूमा उत्कृष्ट अभिनय गरेर दर्शकको मनपर्ने बनिन्।
एजेन्सीकाे सहयाेगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच