झापा । घरमा पेस्तोल राखेर आफ्नै भाउजूलाई धम्क्याउने झापा बिर्तामोड नगरपालिका-७ फक्तालुङ सिरानटोलका सुरेश पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।
भाउजू गीतासँग झगडा गर्दै गर्दा ३० वर्षीय सुरेश बुधबार राति पक्राउ परेको बिर्तामोड प्रहरीले जनाएको छ । झगडा गर्दै गरेको सूचना पाएर पुगेको प्रहरीले सुरेशको घर खानतलासी गरेको थियो ।
सोही क्रममा कोठामा लुकाइ राखेको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । कटुवा पेस्तोलसहित पक्राउ परेका पराजुलीलाई इलाका प्रहरी कार्यालय राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच