![महामन्त्रीको ‘समीक्षा प्रतिवेदन’ ले रास्वपामा परकम्प](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Review-Report-of-the-General-Minister-sent-shockwaves-through-the-RSWAPA-Hita-Fornt-page.jpg)
उठ तिलोत्तमा शशी थापा पण्डितको कथासङ्ग्रह हो । मलाई अनौपचारिक रूपमा जानकारी भए अनुसार उहाँ प्राविधिक क्षेत्रकामा कार्यरत हुनुहुन्छ । चिकित्सा क्षेत्रको व्यक्ति भएर पनि साहित्यमा सक्रिय हुने थोरै व्यक्तिहरूमा उहाँ पनि पर्नुहुन्छ । यसरी साहित्यका क्षेत्रमा उहाँको सक्रियता रहनु प्रशंसनीय पक्ष हो । पुस्तक सानो पकेट साइजमा छ यो पुस्तक युरेका पब्लिकेसन प्रा.लि.बाट प्रकाशित भएको छ भने प्रमुख वितरक सम्पूर्ण पुस्तक भोटाहिटी रहेको छ । विमल भौकाजीको सम्पादन रहेको यो पुस्तक पहिलो संस्करण हो जो २०७७ साल माघमा सार्वजनिक भएको देखिन्छ । यसको आवरण टाइम्स क्रिएसनद्वारा तयार पारिएको छ ।
पुस्तक भूमिका खण्डसहित १६२ पृष्ठको छ र यसको मूल्य व्यक्तिगत रूपमा २०० र संस्थागत रूपमा ३०० रुपैयाँ छ । पुस्तकमा पहेंलो हलुका कागजको प्रयोग भएको छ र छपाइस्तरीय छ । आफू साहितेत्तर क्षेत्रको व्यक्ति भएर पनि कथाकारको भाषा राम्रो छ । अशुद्धि भेटिन्छन्, एकपटक भाषा र शुद्धीकरण दोहोर्याएर गर्न सकेको भए अझै उपयुक्त हुनसक्थ्यो । अर्को संस्करणमा यसतर्फ ध्यान पुर्याउनु उचित हुनसक्छ । टाइम्स क्रियसनले तयार पारेको आवरण सुन्दर छ । कुनै अमूर्त चित्रजस्तो लाग्ने पृष्ठभूमिमा माथि साना सेता अक्षरमा कथाकारको नाम दिइएको छ र बीचतिर ठूला सेता अक्षरमा पुस्तको शीर्षक राखिएको छ ।
कथाकारको सबैभन्दा प्रशंसनीय पक्ष भनेको उहाँ विविध विषयमा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ । पौराणिक, ऐतिहासिक, सामाजिक विषयहरू कथाले समेटेको पाइन्छ । पुस्तकका लागि कथाकारलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना ।
पृष्ठआवरणमा कथाकारको फोटोसहित यस सङ्ग्रहको शीर्षकथा ‘उठ तिलोत्तमा’ भित्रको एउटा संवाद राखिएको छ । तल युरेका पब्लिकेसनको नाम दिइएको छ । यसबाहेक पुस्तकमा कथाकारको परिचय, उहाँको संलग्नता भएका संघसंस्था, उहाँका अन्य पुस्तकलगायत कुनै कुराको जानकारी पनि यस पुस्तकमा दिइएको छैन जसले गर्दा कथाकारका बारेमा जान्न चाहने व्यक्तिहरूले चाहेर पनि उहाँबारे कुनै जानकारी पाउन सक्ने अवस्था छैन । किताबमा कसैको भूमिका छैन । यस सङ्ग्रहमा जम्मा १५ वटा कथा समावेश गरिएका छन् । ती कथाहरूमध्ये एक शब्दका तीनवटा, दुई शब्दका आठवटा, तीन, चार, पाँच र छ शब्दका शीर्षक भएका एक-एकवटा कथा छन् ।
यसबाट कथाकार छोटो शीर्षक चयन गर्न रुचाउनुहुन्छ भन्ने देखिन्छ । यसैगरी उहाँका कथाहरू छोटा र मझ्यौला आकारका रहेको देखिन्छन् । उहाँले ६ पृष्ठदेखि १६ पृष्ठसम्मको फैलावटका कथा लेख्नुभएको पाइन्छ । यो छोटो समीक्षमा यस पुस्तकका सबै कथालाई विश्लेषण गर्न सम्भव छैन तर छोटोमा भन्दा ‘लिमीको त्यो रात’ मा लिमीका कुमारी आमाहरूको कथा लेखिएको पाइन्छ भने ‘माटो पलायन’ मा छिमेकीले हाम्रो देशको सीमा मिचेको तीतो यथार्थको चित्रण गरिएको छ । ‘दस्तखत’ मा खानदानी परिवारमा विद्यमान विकृति, ‘बुढी बेहुली’ मा थामी जातिहरूमा भएको छोराछोरीहरूको विवाह गर्ने बेलामा बाबुआमाले आफ्नो विवाह गर्ने प्रचलनलाई देखाइएको छ ।
वास्तवमा यस्तो प्रचलन नेपालका अन्य जनजातिहरूमा समेत रहेको पाइन्छ । कथाकारले यसलाई दृष्टान्तका रूपमा अगाडि सार्नुभएको छ । उहाँले ‘मुक्ति’ शीर्षकको कथामा देगुतले दारबारको झ्यालमा रहेका शिव पार्वतीलाई कथामा उतार्नुभएको छ । यस कथाले कथाकारमा मिथक र विविध विषयलाई कथामा चित्रण गर्ने सामथ्र्य रहेको पुष्टि गर्छ । उहाँमा ऐतिहासिक र पौराणिक विषयको ज्ञानसमेत भएको यसले देखाएको छ । ‘पासो’ मा लिङ्गका आधारमा हुने गरेको भेदभावलाई देखाउँदै त्यसको विरोध र मातृत्वप्रति नारीको गौरवको चित्रण भएको छ । ‘जोगिरामको भोरुवा’ मा पश्चिम नेपालमा थारू जातिमा विद्यमान बहुविवाह प्रथाको चित्रण भएको छ भने यस पुस्तकको शीर्ष कथा ‘उठ तिलोत्तमा’ मा पुरा कथामा आधुनिकताको संयोजन गरी कथा सिर्जना गरिएको पाइन्छ ।
‘मृत्यु आभास’ कथामा माओवादी द्वन्द्वको सन्त्रासको चित्रण भएको छ । ‘आजको मुनामदन’मा वैदेशिक रोजगारीमा गएका महिलाहरूको पीडाको चित्रण भएको छ । यसैगरी ‘के आउला त्ययो दिन ?’ शीर्षकको कथ नारी अधिकारको पक्षमा आवाज उठाएर लेखिएको छ भने ‘प्रश्नको पहाड’ कथामा पनि नारीमाथि हुने गरेको सामाजिक भेदभावको चित्रण गरिएको छ । ‘कोरोनामा रेमिट्यान्स’ कोरोनाका बेला अर्काको देशमा श्रमिक भएर त्यता गई त्यहीँ मर्नुपरेको यथार्थ देखाइएको छ । ‘आखिर ऊ पनि त मानिस’ कथामा एउटा बौद्धिक वर्गको मानिस पनि रोग लागेको बेला पारिवारिक र सामाजिक तिरष्कारका कारण मानसिक सन्तुलन गुमाएर सडकमा फालिउको जुठो खाएर बाँच्नुपरेको ययार्थको चित्रण गरिएको छ ।
अन्तिम कथा ‘म रोहिणी लेख्दैछु बुद्धको कथा’ मा सिद्धार्थ गौतमले गृहत्याग गर्नुपरेको प्रसङ्ग देखाइएको छ । कथाकारको सबैभन्दा प्रशंसनीय पक्ष भनेको उहाँ विविध विषयमा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ । पौराणिक, ऐतिहासिक, सामाजिक विषय कथाले समेटेको पाइन्छ । पुस्तकका लागि कथाकारलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । साथै उहाँको साहित्यिक यात्रा जारी रहोस् र उहाँबाट यस्ता अन्य पुस्तक लेखिइरहून् अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच