![कपाल स्ट्रेट गर्ने रसायनले महिलाहरूमा पाठेघरको क्यान्सरको जोखिम](https://ehimalayatimes.com/wp-content/uploads/2023/01/hair-kapal-hita.jpg)
काठमाडौं । २१औँ धान दिवसका अवसरमा काठमाडौंको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । खाद्यका लागि कृषि अभियान, एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट(अनाज) र स्थानीय कृषि प्राविधिक विद्यालयद्वारा संयुक्त रूपमा आयोजित रोपाइँ कार्यक्रममा विद्यार्थी, खाद्यका कृषि अभियानका कर्मचारी, स्थानीयवासीका साथै सञ्चारकर्मीहरूले रोपाइँ गरेका थिए । सो अवसरमा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले धान दिवस दिवसमै सीमित हुने गरेको भन्दै उत्पादन बढाउन राज्यले खासै चासो नदिएको आरोप लगाउनुभयो ।
धान उत्पादनले नेपालको कुल गार्हस्थ्य उत्पादनको ५.१६ प्रतिशत र कृषिले गार्हस्थ्य उत्पादनको २४.१ प्रतिशत हिस्सा ओगटेको छ । तर, तीन दशकअघिको तुलनामा हाल धानखेती गर्ने जमिन, कुल गार्हस्थ्य उत्पादन र कृषिमा धानको हिस्सा निरन्तर घटिरहेको छ । सरकारी तथ्यांकअनुसार पछिल्लो वर्षमात्रै धानखेती हुने ३० हजार हेक्टर जमिनमा सिँचाइको अभावमा रोपाइँ हुन पाएन ।
योसँगै जलवायु परिवर्तन, एकल बालीको प्रोत्साहन, प्रकृतिको अन्धाधुन्ध दोहन, पर्यावरणीय ह्रास, जथाभावी रसायन र विषादीको प्रयोगबाट माटोको निर्जीविकरणलगायतका कारण अन्य बालीसँगै धानको उत्पादन र उत्पादकत्व घट्दै गएको अधिकारीको भनाइ थियो ।
एग्रिकल्चर गेम रियालिटी शोको आवेदन खुला
धान दिवसकै अवसरमा एग्रिकल्चर गेम रियालिटी शो ‘र’ को प्रतियोगी आवेदन खुला गरिएको छ । एक समारोहबीच रोपाइँ उत्सव मनाउँदै कृषि, उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको प्रतियोगीको आवेदन खुला गरिएको हो । हालसम्म विभिन्न स्थानीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलगायतसँग साझेदारी भएको आयोजकले जनाएको छ । धान दिवसका अवसरमा सरकार, राजनीतिक दल, सरोकारवाला संघसंस्थाहरूले देशका विभिन्न स्थानमा रोपाइँ कार्यक्रम आयोजना गरेका थिए ।
हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको होस्ट महानायक राजेश हमाल रहनुभएको छ । व्यावसायिक किसान र बिएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् भने कार्यक्रममा १६ विषयगत एपिसोड हुनेछन् । निर्णायक प्यानलमा कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की, कृषि अर्थशास्त्री डा. नम्रता पाण्डे र अन्य विषय विज्ञ रहेका छन् । आयोजकका अनुसार ‘र’ एक बेजोड रियालिटी गेम शो हो, जुन कृषि उद्यमशीलता प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणकोे दृष्टिकोणसाथ ल्याइएको हो ।
कार्यक्रमको उद्देश्य कृषि उद्यमशीलता र जलवायु परिवर्तनलाई मुख्य विषयवस्तु बनाएर कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गरी किसानलाई सम्मानजनक पहिचान दिने रहेको छ । ललितपुर महानगरपालिका–२१ खोकनाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा पूर्वकृषिमन्त्री छविलाल विश्वकर्माको पनि उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच