बर्लिन । घरेलु टोली जर्मनीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । राउण्ड अफ १६ को खेलमा डेनमार्कलाई हराउँदै जर्मनी अघि बढेको हो । डर्टमुन्डस्थित सिग्नाल इडुना पार्कमा सम्पन्न रोमाञ्चक खेलमा जर्मनीले २-० को जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा डेनमार्कले दोस्रो हाफमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिनुभएको थियो ।
जोआकिम एन्डरसनको प्रहारअघि अफसाइड भएको भन्दै गोलले मान्यता पाएन । त्यसको ५ मिनेट नबित्दै अर्कोतर्फ एन्डरसनकै हृयाण्डबलमा जर्मनीले पेनाल्टी पायो । काइ हाभट्र्जले पेनाल्टीमा गोल गर्दै खेलमा जर्मनीलाई अघि बढाउनुभयो । त्यसपछि जमाल मुसियालले ६८औँ मिनेटमा गोल गर्दै जित पक्का गर्नुभयो । त्यसअघि दिनको पहिलो खेलमा स्विटजरल्याण्डले साबिक विजेता इटालीलाई २-० ले हराएको थियो ।
साबिक विजेता इटाली युरोकपको प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्याण्डविरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएको हो । स्विट्जरल्याण्डका लागि रेमो फ्रिउलार र रुबेन भार्गासले एक/एक गोल गर्नुभयो । जितपछि स्विट्जरल्याण्डले क्वाटरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको खेलको विजेताविरुद्ध खेल्नेछ ।
यसैबीच इटालीविरुद्धको युरोकप एलिमिनेसन खेलमा समर्थकले दुव्र्यवहार गरेको भन्दै क्रोएसियालाई एक लाख पाँच हजार युरो जरिवाना गरेको छ । युइएफएले गरेको यो आर्थिक जरिवाना सबैभन्दा ठूलो हो । युरोकपमा अल्बानियाविरुद्ध क्रोएसियाको दोस्रो खेलमा दुवै समूहका समर्थकले रंगभेदी व्यवहार गरेको आरोपमा युइएफएले छुट्टै अनुसन्धान गरिरहेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच