२०८० चैत ९ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज वि.सं २०८० चैत्र ९ गते शुक्रबार, ई.स. २०२४ मार्च २२, तिथि– फाल्गुण शुक्लपक्ष त्रयोदशी, मघा– नक्षत्र, धृति– योग, कौलव– करण, चन्द्रराशि– सिंह, सूर्योदय– ६ः०८, सूर्यास्त– १८ः१६ ।

मेष: खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

वृष: अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

मिथुन: संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

कर्कट: परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

सिंह: कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

कन्या: एक्लोपन र निराशाले सताउनेछ ।

तुला: सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

वृश्चिक: मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु: प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

मकर: ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

कुम्भ: मिहिनेतले सफलताको उचाइमा पु¥याउनेछ ।

मीन: आत्मविश्वास र दृढ संकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?