कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले गरे शपथग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

शुक्रशार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गर्नुभएको थियो ।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयमा नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्रीमा राजेन्द्र कार्की, आर्थिक मामिला तथा योजना मन्त्रालय राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानून मन्त्रालयको राज्यमन्त्रीमा सुनिताकुमारी रामलाई जिम्मेवारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?