अब संसद भवनमा सांसदहरूको विद्युतीय हाजिरी हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसदमा सांसदहरूको विद्युतीय हाजिरी हुने भएको संसद् सचिवालयले जनाएको छ।

माघ २२ गते देखि सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । यसमा लागि चार वटा मेसिन राखिएको छ ।

विद्युतीय हाजिरीका लागि बानेश्वरस्थित संसद् भवनमा बैठक कक्ष बाहिर व्यवस्था गरिएको छ । तर प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था भएको सचिवालयको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?