काठमाडौं । तारा थापाको स्वर्णिम साँझ-२०८१ हुने भएको छ । ‘कला, साहित्य एवं गीतसंगीतको उत्थान र श्रष्टाको सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लाफा रुंग फाउण्डेशनको आयोजनामा क्यान्सर पीडितको सहयोगार्थ सर्वप्रिय मूर्धन्य गायिका तारा थापाको स्वर्णिम साँझ-२०८१ गरिने भएको हो । यही आउँदो असार २१ गते शुक्रबार दिनको तीन बजे प्रत्यक्ष बाध्यवादनको साथ जमलस्थित सांस्कृतिक संस्थान (नाचघर)मा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
गायिका तारा थापाले यस कार्यक्रममा आफूद्वारा गाइएका लोकप्रिय तथा चर्चित गीतहरू प्रस्तुत गर्नु हुनेछ भने गायक देवराज आले, सागर आले र मनोज थापाले उहाँलाई गाउन साथ दिनुहुनेछ । यस कार्यक्रममा गायिका थापाद्वारा गाइएका केही गीतमा नृत्य पनि प्रस्तुत गरिनेछ । यस कार्यक्रमबाट आम्दानी हुने रकमले क्यान्सर रोगीहरूको पीडामा थोरै भए पनि मलम लगाउछ भन्ने आयोजकको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच