बैतडीका ५८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

-डम्बर बोहरा
बैतडी । बैतडीका ५८ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । आइसीटी ल्याव स्थापना, दुई कोठे तथा ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा भएका हुन् । ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ भने २१ वटा विद्यालयमा आइसीटी ल्याव स्थापना हुनेछ ।

सो कार्यक्रमका लागि सबै भन्दा बढी जिल्लाको पुर्चाैडी नगरपालिकाका १३ विद्यालय छनोटमा परेका छन् । मेलौली नगरपालिकाका-८ , सुर्नया र सिगास गाउँपालिकाका पनि ६/६ विद्यालय छनोट भएका हुन् । यस्तै डिलाशैनी गाउँपालिकाका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका समान चार चार वटा विद्यालय छनौटमा परेका हुन् ।

आइसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सुचना अधिकारी पुष्करराज शर्माले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?